काठमाडौं क्षेत्र नं.२ बाट निर्वाचित रास्वपाकी सांसद सोविता गौतम सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखको उम्मेद्वार हुने जानकारहरु बताउछन् । सत्ता गठबन्धनका दल भित्र उपसभामुख रास्वपालाई दिने सहमती भएको खबर सार्वजनिक भएसँगै कानुन पृष्टभूमिकी गौतम उपसभामुख बन्ने चर्चा चलेको छ तर रास्वपाले भने उपसभामुखको विषयमा भोलि बस्ने संसदीय दलको बैठकबाट आवश्यक निर्ण गर्ने जनाएको छ ।





