समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने तयारीमा दलहरु

राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने तयारी गरिरहेको जनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने समय र आज र भोलि तथा प्रत्यक्ष तर्फका उम्मेद्वारको मनोनयन गर्ने समय आउदो असोज २३ गतेका लागि तय गरेको जनाइएको छ । आज र भोलिसम्ममा प्राप्त भएका समानुपातिक तर्फका उम्मेद्वारको विषयमा छानविन गरी आउदो असोज १६ गते निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचनमा भाग लिने भनेर ८७ वटा दलले दर्ताका लागि आवेदन दिएपनि एउटा दल नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताको विषयम सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेकाले ८६ वटा दलले मात्रै विधिवत रुपमा उम्मेद्वारी दिन सक्ने कानुनका जानकारहरु बताउछन् ।

गत मध्यरातदेखि प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त , समानुपातिक तर्फका उम्मेद्वारको सूची पनि खारेज

निर्वाचन आयोगको निर्णयसगै २०७४ सालमा सम्पन्न निर्वाचनबाट बनेका प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल गत मध्यरातबाट समाप्त भएको छ । यससँगै प्रतिनिधि सभा र प्रदेश सभाको लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पधि निर्वाचन आयोगले खारेज गरेको बताइएको छ ।

गत मध्यरातबाट प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने निर्वाचन आयोगले निर्णय गरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संघीय संसदको चालु अधिवेशन अन्त भएको घोषणा गर्नु भएको थियो ।

यता निर्वाचन आयोगको निर्णयबाट प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल समाप्त भएपनि नेपालको संविधान , २०७२ मा यो विषयमा स्पष्ट व्यवस्था नहुदा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल साच्चै सकिएको हो कि होइन भन्ने विषय अन्यौल रहेको कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply