शुक्रबार साझ सर्वोच्च अदालतले गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यहाँबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समिति वैधानिक रहेको भनी निर्वाचन आयोग नेपालले यस अघि गरेको निर्णयलाई सदर गरेसँगै नेपाली कांग्रेस भित्रको आधिकारिता विवाद समाप्त भएको छ । निर्वाचन आयोग नेपालले गरेको उक्त निर्णय विरुद्ध नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खडकाले सर्वोच्च अदालतमा दायर गरेको जाहेरी नेपाली कांग्रेसको विधानसम्मत हुने नदेखिएको भनी सर्वोच्च अदालतका न्यायधीशद्वय सारङ्गा श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजालासले खारेज ग-यो । यसले सभापति गगन थापा पक्ष उत्साहित भएको छ तर नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्ष भने निराश देखिएको छ । सभापति गगन थापा पक्षले सर्वोच्च अदालतको यो फैसलालाई जीत हारको रुपमा लिन नहुने बताएको छ तर निर्वर्तनमान सभापति देउवा तथा निवर्तमान उपसभापति खड्का पक्ष भने मौन देखिएको छ । उसले सो फैसला बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।





