स्थानीय तहको निर्वाचनको पार्टी भित्र समिक्षा गरिने छ : नेकपा (एस)का अध्यक्ष नेपाल

काठमाडौं/ नेकपा (एस)का अध्यक्ष माधबकुमार नेपालले आफृनो पार्टीले आसन्न स्थानीय तहको निर्वाचन र गठबन्धनको बारेमा पार्टी भित्र समिक्षा गरी काम गर्दा पार्टी भित्रका कमिकमजोरी देखिएमा त्यसलाई सच्याउदै अगाडि बढ्ने बताउनुभएको छ । २९औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आज सो पार्टीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘गठबन्धनका घटक हामीसँग सहकार्य गर्न चाहेनन्’, भन्नुभयो । निर्वाचनबाट अपेक्षा गरे जस्तो पार्टीको पक्षमा गठबन्धनबाट सोचे जस्तो मत आएन तर कतै कतै राम्रै परिणाम पनि आएको छ भन्दै उहाँले हाम्रो पार्टी १५-२० वटा पालिकाको प्रमुख/उपप्रमुख , १०० भन्दा बढी वडा अध्यक्ष र ५०० सदस्य जित्ने भएका छ ,’ भन्नुभयो । पार्टीको निर्माणको बारेमा बहस आवश्यक रहेको उहाँको भनाई छ ।

Leave a Reply