यही फाल्गुण २ गतेदेखि शुरु भएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट सो संगठनको अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । सहमतीको प्रयास सफल नभएपछि गए राती विद्युतीय मतदान उपकरणको माध्यमबाट सम्पन्न भएको निर्वाचनमा सो संगठनका नि:बर्तमान महासचिव बडालले निवर्तमान बरिष्ठ उपाध्यक्ष आर.सी. लामिछाने लगायतलाई गर्नुभएको छ । त्यसैगरी सोही संगठनको उपाध्यक्षमा गोविन्द गिरी , धर्म गिरी , नारायण घर्ती र मर्यादा विष्ट , महासचिवमा नरेश रोकाय , सचिवमा सञ्जिव धिताल , सुजन कडरिया , प्रकाश पौडेल , दीपेश प्रसाई , अञ्जना सिवाकोटी , आरती भट्टराई र विनिता काफ्ले , कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको बताइएको छ तर यसको औपचारिक घोषणा हुन भने बाकी रहेको जनाइएको छ । उक्त संगठनको १९९ सदस्यीय केन्द्रीय समिति तथा अध्यक्ष र सचिव सहित १५/१५ सदस्यीय निर्वाचन समिति , अनुशासन समिति र लेखा आयोगको निर्वाचनको घोषणा गर्दै यो महाधिवेशन समापनको घोषणा गर्ने बताइएको छ ।
यही फाल्गुण २ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न उक्त महाधिवेशनको नेकपा (एमाले)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।





