१५४औँ लेनिन जयन्तीमा नेकपाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

१५४औँ लेनिन जयन्तीको अवसरमा आज नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । काठमाडौंको कलंकीस्थित सोही पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा लेनिनले पु-याएको योगदानको चर्चा गर्दै नेपाल कम्युनिष्ट पार्टीले लेनिनको योगदानलाई आत्मसात गरि अगाडि बढिरहेको छ’, भन्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस सेप्टेम्बर १५ अर्थात भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टीले मनाउदै आएपनि अप्रिल २२ अर्थात बैशाख १० गतेलाई पनि ऐतिहासिक दिनको रुपमा मानेेेेको बताउनुभयो । नेेेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले अघि सारेको ३ ‘स’लाई कार्यान्वयन गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेलले विश्व सर्वहारा वर्गका नेता लेनिनले मार्क्सवादको विकास र कार्यान्वयनमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले नयाँ जनवाद र समाजवादको बारेमा कतिपय मानिसहरुले भ्रम फैलाउने कार्य गरिरहेको पाइएकोले त्यस्तो भ्रमलाई चिरेर अगाडि बढी नयाँ जनवाद र समाजवादको बारेमा सत्यतथ्य विषय स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख डा.भगवानचन्द्र ज्ञवालीले क्रान्तिकारी विचारको रक्षा नभई कार्यान्वयन गरी अगाडि बढ्नु पर्ने बताउनुभयो । कम्युनिष्टको खोल ओडेर गैर-कम्युनिष्टले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै सिद्ध्याउने काम गरेकोले नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गर्नु परेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा बागमती प्रदेश समिति अध्यक्ष अर्जुन कार्कीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा लेेेनिनको योगदानको चर्चा गर्दै आजको युग लेनिनवादी युग हो र आज पुँजीपति र श्रमिक तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरु बीच संघर्ष चलिरहेको बताउनुभयो ।

सन् १८७० अप्रिल २२ मा जन्मेर सन् १९२४ जनवरी २१ निधन भएका विश्व सर्वहारा वर्गका नेता भी.आई. लेनिनको नेतृत्वमा क्रान्ति भई सन १९१७ अक्ट‍ुबर २६ मा सोभियत संघमा श्रमजीवी वर्गको राज्यसत्ता स्थापना भएको थियो भने लेनिनकै अगुवाईमा सोभियत संघ निर्माण भएको थियो । सन् १९१७ देखि सन् १९२२ सम्म सक्रियतपूर्वक सोभियत संघको नेतृत्व गरेका लेनिन सन् १९२२ मा विरामी भएर ओच्छ्यान परे र त्यही कारण उनको सन् १९२४ मा निधन भएको थियो । सन् १९१८ मा काब्लानले हानेको गोली लागेरपनि बाच्न सफल लेनिनले आफूले सोभियत संघको नेतृत्व गर्दा निकै उदाहरणीय कार्य गरेको जानकारहरु बताउछन् । उनका राज्य र क्रान्ति लगायतका पुस्तकहरुका साथै लेखा रचनाहरु प्रकाशित छन् । उनले अगाडि सारेको विचार आज पनि लेनिनवादको रुपमा विश्वभरका कम्युनिष्टहरुले आत्मसात गरेका छन् । आज विभिन्न कम्युनिष्ट पार्टीहरुले लेेनिनको योगदानको स्मरण गरिरहेका छन् ।

नेकपा चितवन जिल्ला समितिको संय‍ोजकमा रमेश

रमेश शर्माको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टीको २ सदस्यीय सल्लाहकार सँगै ७ सदस्यीय चितवन जिल्ला संगठन समिति निर्माण भएको बताइएको छ । यही चैत्र ४ गते नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेलको प्रमुख आतिथ्यतामा भरतपुरमा सम्पन्न भएको चितवन जिल्लास्तरीय भेलाले सो समिति बनेको बताइएको छ ।

Leave a Reply