१ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिने

विराटनगर/ १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज दिउसो १२:३० बस्ने तय भएको १ नं. प्रदेश सभाबाट बिश्वासको मत लिनु हुने भएको छ । २ दिन अगाडि बिश्वासको मत लिने सूचना मुख्यमन्त्रीले प्रदेश सभामा जानकारी गराउनु पर्ने कानूनी प्रावधानका कारण आज बिश्वासको मत लिने भन्ने सूचना १ नं. प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री राई गत आइतबार नै १ नं. दर्ता गराउनु भएको थियो । १ नं प्रदेश सभामा रहेका ९३ जना प्रदेश सभासद मध्ये मुख्यमन्त्री राईलाई ४७ जना प्रदेश सभासदको बिश्वासको मत आवश्यक पर्दछ । मुख्यमन्त्री राईलाई ५ दलका ५० जना प्रदेश सभासदको समर्थन रहने निश्चित देखिएको छ ।

१ नं. प्रदेशका तत्कालीन मुख्यमन्त्री भीम आचार्यले १ नं. प्रदेश सभाबाट बिश्वासको मत प्राप्त गर्ने अवस्था नभएकाले उनले यही कार्तिक १५ गते मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि यही कार्तिक १६ गते मुख्यमन्त्री बनेका राईले १ नं. प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो योजना रहेको बताउदै आउनु भएको छ । आफू बहुपहिचानको पक्षमा रहेको भन्दै उहाँले आफू मुख्यमन्त्री भएकै समयमा १ नं. प्रदेशको नाम टुङ्गो लगाउने बताउनु भएको छ । १ नं. प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको सरकार हुँदा १ नं. प्रदेशको राजधानी विराटनगरमा रहने १ नं. प्रदेश सभाबाट टुङ्गो लागेपनि सो प्रदेशको नाम भने अझै टुङ्गो लाग्न सकेको छैन ।

Leave a Reply