३ कम्युनिष्ट पार्टीको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभाहरु सम्पन्न

आउदो मंसिर ४ गते हुने निर्वाचन गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपालको आयोजनामा पोखरा , धनगढी लगायतका देशका विभिन्न स्थानमा मंसिर ४ को कथित निर्वाचन विरुद्ध भण्डाफोर सभा सम्पन्न भएका छन् ।

बुधबार पोखरामा आयोजित भण्डाफोर तथा सडक सभालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारी र वैज्ञानिक समाजवादी कम्युनिष्टज्ञपार्टी , नेपालकी केन्द्रीय सदस्य राजेश्वरी सुबेदी लगायतले विगतका संसदीय चुनावबाट देश र जनताको पक्षमा केही नभएको बरु मुलुकको स्वाधीनता कमजोर भएको उदाहरण प्रस्तुत गर्दै आउदो मंसिर ४ गते हुने संसदीय निर्वाचनबाट मुलुकमा विद्यमान समस्या समाधान हुनुको साटो तिनमा अरु थप हुने र मुलुकको स्वाधीनता कमजोर बनाउने कार्य हुने ठोकुवा गर्दै यो निर्वाचन खारेज हुनु पर्ने बताउनुभयो ।

यसैगरी कैलालीमा पनि मंसिर ४ गतेको निर्वाचन विरुद्ध भण्डाफोर सभा सम्पन्न भएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य एटम सीको अध्यक्षता तथा सोही पार्टीका नेता विवेक सीको सञ्चालनमा सम्पन्न उक्त सभामा त्यसै पार्टीका स्थायी समिति सदस्य विषम सी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्ट , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता यमन , शहीद परिवारकी कल्पना सी र विप्लव नेत‌त्वको नेपाल कम्युनिष्ट पार्टीकी नेता राजकुमारी सीले मन्तव्य व्यक्त गर्दै संसदीय व्यवस्थाबाट कुनै पनि देश समृद्ध नभएको र नेपालमा पनि विगतमा भएका संसदीय निर्वाचनबाट देशमा विकास र समृद्ध हुनुको साटो देश झन पराधिन भएकोले आउदो मंसिर ४ गते हुने कथित निर्वाचनले मुलुकको स्वाधीनता थप कमजोर बनाउने षडयन्त्रमूलक कार्य हुने ठोकुवा गर्दै यो चुनावमा सहभागी हुनु अर्थ नहुने भ एकोले यसलाई खारेज गर्नु पर्ने बताउनुभयो ।

ती तीन पार्टीले लगनखेल , लुभु लगायतका स्थानमा पनि चुनाव विरोधी कार्यक्रम सम्पन्न भ एका समाचार प्राप्त भएको छ । ती कार्यक्रमहरुमा ऋषि कट्टेल नेपाल कम्युनिष्ट पार्टीका नेताहरु राजकुमार थापा , जीवन्द्र निलगगन लगायतले देश र जनताको हितमा नहुने मंसिर गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको औचित्य नरहेकोले यसलाई गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

………………………………………………………………………..

Leave a Reply