राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी न्यौपाने चयन

संघीय संंसदको तल्लो सदन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति प्दमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । मंगलबार निर्धारित समयभित्र नेपाली कांग्रेसको भागमा परेको त्यस पदमा सांसद न्यौपानेको मात्र उम्मेद्वारी परेको थियो । आज दिउसो बस्ने उक्त समितिको बैठकमा स‍ो पदमा उहाँ निर्वाचित भएको औपचारिक घोषणा गरिने जनाइएको छ ।

सोही समितिको सभापति रहेका सांसद रामहरि खतिवडाले आफू निजामतप कर्मचारी विधेयकको कुलिङ पिरियड सम्बन्धी विवादमा परेपछि गत साउन २८ गते राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो । उक्त समितिको सभापति पदमा नेपाली कांग्रेसले नेता तथा त्यसै समितिका सदस्य दीलेन्द्रप्रसाद बडुलाई बनाउनेे नेपाली कांग्रेसले निर्णय गरेक‍ समाचार सार्वजनिक भएको थियो तर त्यसको १ दिनपछि स‍‍ोही समिति सदस्य तथा संसदीय सुनुवाई समिति सभापति ईश्वरी न्यौपानेलाई उक्त पदमा उम्मेद्वारकनाउने नेपाली कांग्रेसले निर्णय ग-यो । नेपाली कांग्रेसकन सभापति शेरकहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा निकट मानिने सांसद न्यौपानेले संसदीय सुनुवाई समिति सभापति पदबाट रनजीनामा दिएर राज्य प्यवस्था तथा ससशासन समिति सचापति पदमा उम्मेद्वारी मनोनयन गर्नुभएको थियो । कैलालीकी न्यौपाने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा समानुपनतिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

सो पदमा मन्त्री भइसकेका सांसद बडु सहित नेपाली कांग्रेसका ४ जना ले आकाङ्क्षन राखेको खबर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *