रामहरि खतिवडा संसदीय समितिको सभापति चयन

निजामती कर्मचारी विधेयकको कुलिङ अफ पिरियडमा विवाद परी नैतिक रुपमा दोषी भएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजनीनामा दिएका ओखलढुंगाबाट प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाई समिति सभापतिमा निर्विरोध चयन हुनुभएको छ । जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले सांसद खतिवडालाई सो समितिको सभापति पदमा निर्विरोध चयन गरेको हो । बैठकमा सांसद खतिवडालाई सभापति चयन गरियोस् भनी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गर्नुभएको र त्यसलाई नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन गरनुभएको जनाइएको छ

हिजो निर्धारित गरिएको समयमा संसदीय सुनुवाई समिति सभापति पदमा सांसद खतिवडाको मात्रै उम्मेद्वारी परृको थियो ।

सांसद खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति सभनपतिबाट राजीनामा दिएपछि रिक्त हुन पुगेको सो पदमा नेपाली कांग्रेसले आफ्नी सांसद ईश्वरी न्यौपानेलाई संसदीय सुनुवाई समिति सभापतिबाट राजीनाम गराएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध चयन हुने अवस्था बनायो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका सांसद खतिवडालाई संसदीय सुनुवाई समिति सदस्य हुँदै सभापति बन्ने अवस्था बनायो ।

संसदीय ससनुवाई समिति सदस्यमा राष्ट्रपतिबाट मनोनित राष्ट्रीय सभा सदस्य अञ्जान शाक्य पनि मनोनित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *