राष्ट्रिय पोशाक लगाएर मात्र सपथ ग्रहण गर्न सांसदहरुलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आफ्नो पार्टीका प्रतिनिधि सभा सदस्यहरुलाई सांसद पदको सपथ ग्रहण गर्न आउदा राष्ट्रिय पोशाक लगाउन निर्देशन दिनु भएको सो पार्टीले जनाएको छ । मंगलबार नेकपा (एमाले)को संसदीय दलको नेता चयन भएपछि सांसदहरुलाई उक्त निर्देशन दिनु भएको बताइएको छ । सांसद पदको सपथ ग्रहण भने इच्छा अनुसार नेपाली या मातृ भाषामा गर्न सक्ने सांसदहरुको भनाई छ ।

भोलि प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुलाई उक्त पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रतिनिधि सभाका उमेरले जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा समानुपातिक प्रणालीतर्फबाट निर्वाचित राप्राका ८१ बर्षीय प्रतिनिधि सभा सदस्य जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सांसदको पद तथा गोपनियतको सपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रतिनिधि सभाको सभामुख चयन नहुदासम्म सांसद जबराले प्रतिनिधि सभामा हभामुखको भूमिका निर्वाह गर्नु हुने छ ।

Leave a Reply