राष्ट्रिय विभूतिको सूचीमा थपिए जयपृथ्वी बहादुर सिंह

काठमाडौं/ नेपाल सरकारले समाजसेवा , नेपाललाई विश्वमा चिनाउन शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको जनाइएको छ । नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाई छ ।

अक्षराङ्क शिक्षा नामक पुस्तक लेखेका सिंहले नै वि.सं.१९५८ मा गोरखापत्र प्रकाशनमा ल्याएका थिए ।

सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ‌। यस अगाडि राजा जनक , सीता , गौतम बुद्ध , अंशुबर्मा , भृकुटी , अरनिको , राम शाह , बडामहाराज पृथ्वीनारायण शाह , अमरसिंह थापा , बलभद्र कुँवर , भानुभक्त आचार्य , मोतिराम भट्ट , राजा त्रिभुवन शाह , पासाङ ल्हामु शेर्पा , शंखधर साख्वा , महागुरु फाल्गुनन्द श्र भक्ति थापा राष्ट्रिय विभूतिको सूचीमा थिए ।

Leave a Reply