राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा पद त्याग

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पद त्याग गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदको राजीनामापत्र बुझाउनुभएको हो । दुई वर्ष अघि राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसदको ४ वर्षे कार्यकाल सकिएसँगै रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माके)की सांसद अर्याल निर्वाचित हुनुभएको थियो ।

अर्यालले राजीनामा दिएसँगै रिक्त रहेेको राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा (एमाले) र नेकपा (एस) मध्येबाट लिने निश्चित छ ।

नेकपा (एमाले) सहितको नयाँ सत्ता गठबन्धन बनेेसँगै राष्ट्रिय सभाको अध्यक्ष नेकपा (माके)ले लिने र उपाध्यक्ष उसले छाड्ने सहमती भएको थियो , जस अनुसार राष्ट्रिय सभाको अध्यक्ष पदमा नेकपा (माके)का नारायण दाहाल निर्वाचित भइसक्नुभएको छ ।

Leave a Reply