राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान हुदै

राष्ट्रिय सभाका अभ्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित राष्ट्रिय सभाका १९ जना सदस्यको ६ वर्षको पदाबधि आउदो फाल्गुण २० गतेदेखि सकिएर रिक्त हुने १९ सदस्य पदका लागि मतदान जारी छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर , बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा , लुम्बिनी प्रदेशको दाङ , कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आज विहान ९ बजेदेखि मतदान जारी । अपरान्ह ३ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै आजै मतगणना गरि निर्वाचनको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोग, नेपालले जनाएको छ ।

यो निर्वाचनमा नेकपा (एमाले)का १९, नेपाली कांग्रेसका १०, नेकपा (माके)का ६, राप्रपाका ७ , जनता समाजवादी पार्टी , नेपालका १, जनमत पार्टीका २, नेकपा (एस)का २ र नेमकिपाका ४ गरि ५१ जना उम्मेद्वार चुनावी मैदानमा छन् । यो निर्वनचनमा नेपाली कांग्रेस, नेकपा (माके), जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एस)ले गठबन्धन गरेका छन् भने बाँकी दलहरु छुट्टाछुट्टै चुनावी मैदानमा छन् ।

यो निर्वाचनमा ५४९ जना प्रदेश सभा सदस्य र १,४९८ जना नगरपालिका/गाउँपालिकाका प्रमुख /अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष मतदाता छन् भने प्रदेह सभा सदस्यको मतभार ५३ र नगरपालिका/गाउँपालिकाका प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्षको मतभार १९ छ । प्रदेश सभा सदस्यको लागि सेत‍ो कागजमा हरियो रङमा चुनाव चिन्ह सहित विवरण तथा नगरपालिका/ गाउँपालिकाका प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्षको लागि सेतो कागजमा रातो रडमा चुनाव चिन्ह र विवरण भएको मतपत्रको व्यवस्था गरिएको छ ।

Leave a Reply