राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको लागि २०८२ जेठ ११ गते दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक व्यकिले दरखास्त आह्वान भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न सकिने जनाइएको छ । यो प्राधिकरण स्थापना भएदेखि अहिलेसम्म नेपाल सरमार, भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्रालयका सचिव अध्यक्ष र सोही मन्त्रालयले तोकेका व्यक्तप सदस्य भएर कार्य गरिरहेका छन् तर केही दिन पहिले सर्वोच्च अदालतले सो प्राधिकरणको अध्यक्ष सहितको पदमा विज्ञापन गरि पदपूर्ति गर्न आदेश दिएपछि यो दरखास्त आह्वान गरिएको कतिपय जानकारहरु बताउछन् ।

यता नेपाल कचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.ले रनष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संंघ संस्थाका लागि जारी गरेको मापदण्डप्रति असन्तुुसष्टि जनाएको छ । नेफ्स्कूले जारी गरेको प्रेस विज्ञप्तिमा स कुरा उल्लेख छ ।






