राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा ३ जनाको नाम सिफारिस, डा.शर्माको सम्भावना बलियो

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष तथा पूर्व सचिव सुमन शर्मा तथा गुणनिधि भुसाल सदस्य रहेको सिफारिस समितिले सो प्राधिकरणको अध्यक्षका लागि दरखास्त दिएका ६ जनामध्येबाट छनौट गरि ३ जनाको नाम सिफारिस गरेको जनाइएको छ । जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका संस्थापक अध्यक्ष अर्जुनप्रसाद प‍ोखरेल, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल र विघटित राष्ट्रिय सहकारी विकास बोर्डमा सदस्य सचिव भएर ५ महिना जति समय काम गरेका नेकपा (एमाले)का सहकारी विभागका सदस्य डा.खगराज शर्मा अध्यक्ष पदका लागि सिफारिस भएका छन् । यी तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद बैठकले सो प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने बताइएको छ । उक्त प्राधिकरणको अध्यक्षका लागि निजामती सेवाबाट अवकास भएका पोखरेल, नेपाल राष्ट्र बैंकको कार्यकारी निरदेशकबाट अवकास भएका पौडेल र बिघटित राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव भइसकेका डा.शर्मा मरिहत्ते गरेर लागिरहेका छन् तर यी ३ जनामध्ये डा.शर्मा अध्यक्ष बन्ने पक्का जस्तै रहेको जानकारहरु बताउछन् ।

पोखरेल, प‍ौडेल र डा.शर्मसँगै अनिलराज पौडेल, परितोष पौड्याल र डा.हरिकुमार नेपालले अध्यक्ष पदमा दरखास्त दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *