राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष सहित ११ पदमा निर्विरोध चयन , ७ पदका लागि चुनाव हुने

राष्ट्रिय सहकारी बैंक लि.को आगामी ४ वर्षे कार्यकालका लागि सोही बैंकका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक के.बी. उप्रेती पुन: निर्विरोध अध्यक्ष पदमा चयन हुनुभएको छ । अध्यक्ष पदमा उहाँको मात्रै उम्मेद्वारी परेको थियो । यसैगरी सञ्चालक पदमा प्रदेश नं. बाट महेन्द्र गिरी , मधेश प्रदेशबाट विश्वनाथ मण्डल ,बागमती प्रदेशबाट रामहरि बजगाईँ , गण्डकी प्रदेशबाट रामबहादुर जी.सी. , लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूर पश्चिम प्रदेशबाट शिवा थापा तथा खुल्ला महिलातर्फबाट अमृता सुब्बा , तारा गुरुङ र पार्वती थापा निर्विरोध चयन हुनुभएको छ । यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेती निर्विरोध चयन हुनुभएको छ ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा उप्रेतीसँगै उम्मेद्वारी दिएका राजु पुरीको उम्मेद्वारी परेपनि आवश्यक योग्यता नपुगेको भन्दै निर्वाचन उप-समितिले पुरीको उम्मेद्वारी खारेज गरेसँगै उप्रेती निर्विरोध हुनुभएको हो । यस्तै आवश्यक योग्यता नपुगेको भन्दै खुल्ला तर्फबाट सञ्चालक पदका उम्मेद्वार युगेश पौडेल र खुल्ला महिला तर्फकी सञ्चालक पदकी उम्मेद्वार विमला शाहको उम्मेद्वारी पनि निर्वाचन उप-समितिले रद्ध गरेको छ ।

सञ्चालक पदमा गण्डकी प्रदेशबाट रामबहादुर जी.सी. मधेश प्रदेशबाट विश्वनाथ मण्डलको मात्रै उम्मेद्वारी परेपछि जी.सी. र मण्डल निर्विरोध चयन हुनुभएको हो ।

यस्तै बिहीबार सञ्चालक पदमा प्रदेश नं.१ बाट उम्मेद्वारी दिएका कृष्ण दाहाल , बागमती प्रदेशबाट उम्मेद्वारी दिएका झनकराज ढुंगेल , रामहरि शर्मा तिमल्सिना , सुशिलादेवी उप्रेती र ध्रुवप्रसाद खनाल , लुम्बिनी प्रदेशबाट उम्मेद्वारी दिएका इन्दिरा सुबेदी , सुदूर पश्चिम प्रदेशबाट उम्मेद्वारी दिएकी दिप्ती शाही र खुल्ला महिलातर्फबाट उम्मेद्वारी दिएका पार्वती कुमारी गुरुङ, गीता सिग्देल ,जालीमाया मगर र तारादेवी पराजुलीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि सञ्चालकमा प्रदेश नं.१ बाट महेन्द्र गिरी , बागमती प्रदेशबाट रामहरि बजगाईँ, लुम्बिनी प्रदेशबाट विजया धिताल , सुदूर पश्चिम प्रदेशबाट शिवा थापा , खुल्ला महिला तर्फबाट अमृता सुब्बा , तारा गुरुङ र पार्वती थापा निर्विरोध चयन हुनुभएको छ । त्यस्तै कर्णाली प्रदेश तर्फको सञ्चालक पदमा उम्मेद्वारी दिएका हरिहरनाथ योगी लेखा सुपरीवेक्षण समितिको महिला सदस्यमा उम्मेद्वारी दिएकी अमरावती बलामी महर्जन र लेखा सुपरीवेक्षण समितिको खुल्ला सदस्यतर्फ उम्मेद्वारी दिएका दीपकप्रकाश आचार्यले पनि बिहीबार उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश तर्फको सञ्चालक पद महिलाको लागि सुरक्षित गरिएको छ ।

यता सो बैंकको ४ खुल्ला सञ्चालक पदमा माधव दुलाल , केदार मानन्धर , माधवलाल देवकोटा , ध्रुवनारायण यादव , मनोज भण्डारी , मनोजकुमार थापा मगर ,स्वयम्भुनाथ यादव , ध्रुवराज विष्ट , डा.जीवनकुमार श्रेष्ठ, भरतप्रसाद दवाडी , निरञ्जन सुबेदी , राजेन्द्रप्रसाद रिजाल , नवराज न्यौपाने ,बाबुराम घिमिरे ,हरिबहादुर खड्का र टीकाराम चालिसे

गरी १६ जना , कर्णाली प्रदेश तर्फको सञ्चालक पदमा कालीबहादुर महतारा र विशाल के.सी. गरी २ जना र लेखा सुपरीवेक्षण समितिका खुल्ला तर्फको १ सदस्य पदमा केशवप्रसाद सापकोटा ,भवानीप्रसाद दंगाल महेशकुमार आचार्य र गणेशबहादुर चन्द गरी ४ जना र महिला तर्फको १ सदस्य पदमा चन्द्रकुमारी पराजुली र कृष्णाकुमारी बंशी गरी २ जनाको उम्मेद्वारी परेपछि ती पदमा भने चुनाव हुने भएको छ ।

यही पुस १६ गते बिहान ८ बजेदेखि राष्ट्रिय सहकारी बैंक लि.को १ नं. प्रदेश अन्तर्गतका जिल्लाहरुको बिराटनगर , मधेश प्रदेश अन्तर्गतका जिल्लाहरुको जनकपुर , बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुको काठमाडौं उपत्यका भित्र , गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुको पोखरा , लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुको बुटवल , कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुको सुर्खेत र सुदूर पश्चिम अन्तर्गतका जिल्लाहरुको धनगढीमा इकाई बैठक सञ्चालन हुने छन् ।

सोही दिन बिहान ११:३० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने छ । निर्वाचनमा २०७९ मंसिर ९ सम्म सो बैंकमा शेयर सदस्य भएका प्रदेश १ बाट २,५५२, मधेश प्रदेशबाट २,०३९ , बागमती प्रदेशबाट ६,५०७ , गण्डकी प्रदेशबाट १,५३५ , लुम्बिनी प्रदेशबाट १,८४१ , कर्णाली प्रदेशबाट ७४८ र सुदूर पश्चिम प्रदेशबाट ५०४ गरी जम्मा १५,७२६ सदस्यहरुले मतदान गर्न पाउने छन् ।

निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणना गर्ने र पुस १८ गते त्यस बैंकको सञ्चालक समितिको अध्यक्ष सहित १५ सदस्यीय सञ्चालक र लेखा सुपरीवेक्षण समितिका संयोजक र २ सदस्य पदको औपचारिक रुपमा मतपरिणाम घोषणा गरी निर्वाचित उम्मेद्वारहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई विजयी प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन उप-समितिले जनाएको छ

Leave a Reply