देशभरका सहकारी संंघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.को चुनाव सहितको ३१औँ वार्षिक साधारण सभा यही पुस २७ र २८ गते सोही महासंघको सभाहल ललितपुरमा हुने भएको छ । सो सााधारण सभाले उक्त महासंघको आगामी ४ पर्ष कार्यकनलका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्ने छ ।
महासंघको अध्यक्षमा बर्तमान अध्यक्ष मिनराज कँडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ला र सो महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक ल.का अध्यक्ष कृष्णबहादुर उप्रेती आकाङ्क्षी देखिनुभएको छ तर यसबेलासम्म उहाँहरुल सो पदमा आफू आकाङ्क्षी रहेको बारे भने केही पनि सार्वजनिक गर्नुभएको छैन ।






