राष्ट्रिय सहकारी महासंघक‍ो अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन

शुक्रबारबाट शुरु भएक‍ो राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध चयन हुनुभएको छ । निर्धारित समय भित्र १ अध्यक्ष पदमा मल्लको मात्रै उम्मेद्वारी परेपछि उहाँ स्वत: चयन हुनु भएको बताइएको छ तर निर्वाचन उप-समितिले यसबारे औपचारिक घ‍ोषणा भने गरेक‍ो छैन । सोही महासंघका अध्यक्ष मिनराज कँडेलले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेपनि सो पदमा उहाँको उम्मेद्वारी भने परेन ।

दीपकप्रकाश बास्कोटा , केशवप्रसाद बडाल र मिनराज कँडेल पछि उहाँ सो महासंघको अध्यक्ष बन्न लाग्नु भएको हो । संविधान सभा सदस्य र अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA)क‍ो ग्ल‍ोबल बोर्ड सदस्य भएर कार्य गरेकी मल्ल राष्ट्रिय सहकारी महासंघको ३१ वर्षको इतिहासमा अध्यक्ष बन्ने पहिला महिला सहकारी अभियानकर्मी हुनुहुन्छ। बिगत २५ वर्षदेखि सहकारी अभियानमा क्रियाशील मल्ल राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको सञ्चालक, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष बनेर कार्य गरिसक्नुभएक‍ो छ तर उहाँका अगाडि सहकारी अभियानलाई एकताबद्ध बनाएर अगाडि बढाउने चुनीति भने खडा भएको छ । यो चुनौतिलाई उहाँले कसरी सामना गरेर अगाडि बढ्नु हुन्छ, त्यो भने आउने दिनमा देेखिने नै छ ।

यसैगरी उक्त महासंघको बरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल निर्विरोध चयन हुनुभएको छ । १ बरिष्ठ उपाध्यक्षमा पोखरेलको मात्रै उम्मेद्वारी परेपछि उहाँ संवत्: चयन हुनुभएको हो । बरिष्ठ उपाध्यक्षमा भएका पोखरेल राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको सञ्चालक र उपाध्यक्ष भएर कार्य गरि सक्नुभएको छ । यस अघिको निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेद्वार बनेर उक्त महासंघको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी १ महिला उपाध्यक्षमा इन्दिरा पन्त तथा १/१ जना प्रदेश सञ्चालकमा कोशी प्रदेशबाट छत्रप्रसाद रिमाल, मधेश प्रदेशबाट शम्भुप्रसाद, बागमती प्रदेशबाट पार्वती न्यौपाने, गण्डकी प्रदेशबाट परितोष पौड्याल, लुम्बिनी प्रदेशबाट टीका न्यौपाने र कर्णाली प्रदेशबाट काशीचन्द्र बराल , ४ महिला सञ्चालकमा कमलाकुमारी सुबेदी, हुमाकुमारी जी.सी.(अञ्जु), योगमाया सुवेदी, शारदा दाहाल र एकता शाह तथा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय ुह कनरी संघहरुकोतर्फबाट ३ सञ्चालकमा टेकप्रसाद चौलागाईँ, नथुनी यादव र हरिहरनाथ योगीको मात्र उम्मेद्वारी परेकाले उहाँहरु निर्विरोध चयन हुनु भएको छ । यसैगरी लेखा सुपरीवेक्षण समितिको १ संंयोजकमा भीमप्रसाद तुलाचन तथा २ सदस्यमा अम्मरनाथ न्यौपाने र हेमकुमारी अधिकारीको मात्रै उम्मेद्वारी परेकोले उहाँहरु पनि निर्विरोध चयन हुनु भएको छ ।

उक्त महासंघको २ खुल्ला उपाध्यक्षमा डी.बी. बस्तेत, खेमबहादुर पाठक र शेषकान्त गौतमको उम्मेद्वारी परेको छ । यस्तै ४ खुल्ला सञ्चालकमा प्रेमप्रसाद सुबेदी ,बद्रीप्रसाद लम्साल, होमनाथ जैसी, सञ्जयकुमार साह, कृष्णबहादुर खत्री र सुमन नेपाल तथा सुदूरपश्चिम प्रदेशको १ सञ्चालकमा प्रेमसिंह भाट र माधवप्रसाद जोशीको उम्मेद्वारी परेको छ । आज विहान १० बजेसम्ममा कुनै पनि उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएमा ती पदमा चुनाव हुने निर्वाचन उप-समितिले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा (माके) निकट सहकारीकर्मीहरुको परेन उम्मेद्वारी

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पद बाँडफाँडमा सहमती हुन नसकेपछि नेपाली कांग्रेस र नेकपा (माके) निकट सहकारी अभियानकर्मीहरुले उक्त महासंघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका कुनै पनि पदमा उम्मेद्वारी दिएनन् । नेकपा (एमाले)को सहकारी विभागका प्रमुख खगराज अधिकारी , नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेल र नेकपा (माके)का सहकारी विभाग प्रमुख लीलामणि प‍‍‍खरेल बीचको छलफल सकारात्मक निश्कर्षमा नपुगेपछि यो अवस्था आएको बताइएको छ । उहाँहरु ३ नेताहरु बीचको छलफलबाट सकारात्मक निश्कर्ष निस्किने अपेक्षा गरिएको थियो , सोही कारण सो महासंघको सञ्चालक समिति र लेखा सुपरीबेक्षण समितिको पदाधिकारी र सदस्यहरुको लागि उम्मेद्वार मनोनयन गर्ने समय अपरान्ह ४ बजेसम्म तय भएपनि त्यसमा अरु डेड घण्टा बढाइएको थियो ।

‘अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र १० सञ्चालक नेकपा (एमाले) ,१ उपाध्यक्ष, ५ सञ्चालक र लेखा सुपरीवेक्षण समितिको संयोजक नेपाली कांग्रेस र १ उपाध्यक्ष, ४ सञ्चालक र लेेखा सुपरीवेक्षण समिति सदस्य नेकपा (माके)का सहकारीकर्मीले लिने गरि सहमती नजिक पुगेको थियो , सबैलाई मिलाएर लान कोसिस गरियो तर अन्तमा गठबन्धन समर्थकलाई बहुमत चाहियो भनेर उहाँहरु छलफलबाट उठेर बाहिर निस्केर गएको, नेकपा (एमाले)का सहकारी विभाग प्रमुख अधिकारीले सञ्चारकर्मीलाई बताउनुभएको थियो।

यता नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख कँडेल र नेकपा (माके)का सहकारी विभाग प्रमुख पोखरेलले भने एमाले सबै मिलेर जाने गरि सहमतीमा नआएपछि समस्या आयो, उसले महासंघका सबैजसो पद आफैले राख्न खोजेपछि आफूहरुले उमेद्वारी नदिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *