रुसले ग्यासको पाइपलाइन बन्द गर्दा पश्चिमा देशहरुमा आर्थिक मन्दी

रुसले जर्मनी सहितका युरोपका देशहरुमा जाने पाइपलाइन बन्द गरेपछि पश्चिमा देशहरुमा आर्थिक मन्दी बढ्न थालेको सञ्चार माध्यमहरुले जनाएका छन् । जसका कारण ती देशहरुमा उर्जा समस्या बढ्न थालेको छ । यही कारण युरो , पाउण्ड स्टर्लिङ लगायतका मुद्राको मुल्य घटेको छ , जसले गर्दा ती देशहरुमा महङ्गी बढेको बताइएको छ । पछिल्लो पटक रुसले शुरुमा मर्मतका लागि ३ दिन उक्त ग्यास पाइपलाइन बन् गरिने भनेपनि यतिबेला भने अनिश्चित कालका लागि सो पाइपलाइन बन्द गरेको जनाइएको छ ।

रुस र युक्रेन युद्धको विषयलाई लिएर पश्चिमा देशहरुले रुस माथि प्रतिबन्ध लगाएपछि रुस र पश्चिमा देशहरु बीच तिक्तता बढेको छ । पश्चिमा देशहरुको प्रतिबन्धका कारण सो ग्यास पाइपलाइन मर्मतका लागि आवश्यक सामान खरीद गर्न समस्या भएकोले यसलाई अनिश्चित कालका लागि बन्द गर्नु परेको क्रेमलिनको भनाई छ ।

यता रुसले ग्यास पाइपलाइन बन्द गरेपछि त्यसको विकल्प खोजी गरिरहेको तर अहिलेसम्म भने भरपर्दो विकल्प भेटी नसकेको पश्चिमा देशहरुले जनाएका छन् । जाडो शुरु हुन लागेसँगै रुसी ग्यास पाइपलाइन बन्द हुदा युरोपमा कसरी उर्जा संकट समाधान गर्ने भन्ने चिन्ता बढ्न थालेको बताइएको छ ।

गत बेब्रुअरीको अन्तिम साताबाट शुरु भएको रुस -युक्रेन युद्ध अझै जारी छ । पश्चिमा देशहरुले रुस बिरुद्ध लड्न हतियार सहितका आवश्यक सहयोग युक्रेनलाई गरिरहेका छन् । रुसले यही युद्धबाट युक्रेनका मारियोपोल, रिपुरिजिया, खेर्सन सहित डोनबास क्षेत्र कब्जा गरेको छ । पश्चिमा देशहरुको सहयोगमा युक्रेनले पनि रुसले सन् २०१४ देखि कब्जा गरेको क्रिमियाका साथै रुसले कब्जा गरेका भूभाग फिर्ताको लागि प्रयास गरिरहेको छ तर रुसी फौजको बलियो उपस्थितिका कारण त्यो सफल हुन नसकेको जानकारहरु बताउछन् । युद्धका शुरु हुनु अघि शैक्षिक हवको रुपमा रहेको युक्रेन युद्धका कार त्यहाँको आर्थिक अवस्था नाहाजुक बन्नुका साथै युक्रेनी नागरिकहरु पीडा भोगिरहेका देखिएको छ ।

Leave a Reply