ललितपुरको सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक

ललितपुरको टिपर निशेधित सैंवु क्षेत्रमा चौधरी ग्रुपको टिपर आतंक बढेको देखिएको छ । ललितपुरको साविक सैंवु गा.वि.स. र हालको ललितपुर महानगरपालिका वडा नं १८ को जलविनायक मार्गको शाखा सडक सैंबु भञ्ज्याङ्गदेखि माझी दोबाटोसम्मको बाटोमा टिपर सहित हेभी यातायातका साधन गुड्न निशेधित गरिएको भएपनि सो बाटोमा चौधरी ग्रुपले बलजफ्ती टिपर सहितका १० पाङ्ग्रे हेभी यातायातका साधन गुडाएर आतंक मच्चाएको स्थानीयबासीहरु बताउछन् ।

ललितपुर महानगरपालिका वडा नं.१८ का नि:बर्तमान वडाध्यक्ष पुरुषोत्तम खड्काले आफू सो वडाको वडाध्यक्षमा बहाल रहेको समयमा स्थानीयबासीहरुको अनुरोधमा जलविनायक मार्गको शाखा सडक सैंवु भञ्ज्याङ्गदेखि माझी द‍ोबाटोसम्म टिपर प्रवेश निशेधित क्षेत्र घोषणा गरिएक‍ो सार्वजनिक सूूूचना ब‍ोर्ड राखे र उनी सो वडाको वडाध्यक्षमा बहाल रहदासम्म उक्त बाट‍‍ोमा टिपर सहितका हेभी यातायातका साधन गुड्न बन्द भए तर उनको कार्यकाल सकिएसँगै फेरि सो बाटोमा टिपर सहितका हेभी यातायातका साधन गुड्न थाले । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित सोही वडाका वडाध्यक्ष दामोदर खड्काले पनि उक्त बाट‍‍ोमा टिपर प्रवेश निशेध भनेर ठूलो सार्वजनिक सूचना ब‍‍ोर्ड राखे तर स्थानीयको विरोधका बाबजुद सरकारी निकायको मिलेमत्त‍ोमा ३ आना ३ पैसा ३ दाम सार्वजनिक सरकारी जग्गा निजी प्रयोजनको लागि हडपेर सैंवुमा आफ्नो सी.जी. हिल्सको नाममा हाउजिङ बनाइरहेको चौधरी ग्रुपले जब्बरजस्ती विशेषगरी मध्यरातमा सो बाटोमा टिपर सहित १० पाङ्ग्रे हेभी सवारी साधनमा निर्माण सामाग्री लगायतका वस्तु ओसारपसार गरिरहेका छन् । जसका कारण त्यस क्षेत्रमा ती सवारी चालक र स्थानीयवासी बीच समय समयमा तनाव हुँदै आएको छ तर स्थानीय प्रशासन र ललितपुर महानगरपालिका वडा न.१८ का वडाध्यक्ष दाम‍ोदर खड्का सहितका जनप्रतिनिधिहरु यो मामलामा मौन रहेपछि स्थानीयबासीहरुको उनीहरुको इमान्दारितामा प्रश्न गर्न थालेको देखिएको छ ।

स्थानीयबासी समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापा ललितपुर महानगरपालिकाका जनप्रतिनिधिलै नै टिपर तथा हेभी यातायातका साधन गुड्न निशेधित क्षेत्र धोषणा गरेको बाट‍ोमा सी.जी. हिल्सले दादागिरी शैलीमा मानिसहरुलाई डिष्टब गरि टिपर सहितका हेभी यातायातका साधन चलाउदा य‍ो क्षेत्रमा ती यातायातका साधनका चालक र स्थानीयकासीहरु बीच तनावको स्थिति उत्पन्न हुँदै आएक‍ो बताउनुभयो । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिले टिपर सहितका हेभी यातायातका साधन निशेधित क्षेत्र घ‍ोषणा गरेपछि त्यसलाई कार्यान्वयन गर्ने दायित्व तिनै जनप्रतिनिधि र स्थानीय प्रशासनको भएको तर उनीहरुले चौधरी ग्रुपलाई मात्रै उन्मुक्ति दिने गरि भइरहेको यो कार्य स्थानीयबासीहरुका लागि मान्य नभएको र सरोकारवाला पक्षहरु बीच छलफल गरि यो समस्या समाधान गर्नु पर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *