ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सेवाकेन्द्र टौखेलमा

ललितपुर/ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सेवाकेन्द्र ललितपुरको गोदावारी नगरपालिकाको टौखेलमा शुक्रबारबाट सञ्चालनमा आएको छ ‌। सो सेवाकेन्द्रको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामहरि बजगाईँले शुक्रबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले सहकारीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले कार्य गरिरहेको बताउदै सहकारी संस्थाहरुले सुशासन कायम गर्न ध्यान दिनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

उक्त सेवाकेन्द्र सञ्चालनमा आएको पहिलो दिनमै रु.४ करोड जति कारोवार भएको सोही संघका व्यवस्थापक सन्तोष बजगाईँको भनाई छ । टौखेलमा उक्त सेवाकेन्द्र सञ्चालनमा आएसँगै ललितपुरको गोदाबारी, टौखेल, बाडेगाउँ , गोदामचौर, ठैंब , बडिखेल , झरुवारासी लगायतका स्थानका साकोसहरुलाई सुविधा पुग्ने देखिएको छ ‌। देशभर सञ्चालनमा रहेका जिल्ला सहकारी संघहरु मध्ये सबैभन्दा बढी वित्तीय कारोबार रहेको त्यस संघमा ५२८ वटा साकोस सदस्य रहेकौ बताइएको छ ।

Leave a Reply