लायन्स क्लव अफ काठमाडौं परिकल्पना र लियो क्लवको अगुवाईमा बाबुआमा बन्दी गृह परेपछि असहाय भएका बालबालिकाको लागि सहयोग प्रदान गरियो । सो सहयोग २०८२ श्रावण १३ गते मंगलबार काठमाडौंको म्हैपीस्थित बन्दी सहायता केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच असहाय बालबालिकाको सहयोगार्थ काम गरिरहेको बन्दी सहायता केन्द्र नेपाललाई प्रदान गरिएको हो ।

सो अवसरमा लायन्स क्लव अफ काठमाडौं परिकल्पाका प्रेसिडेण्ट लायन वीरेन्द्रकुमार श्रेष्ठले रु.४,०००, उहाँकी नातिनी समेत रहेकी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बसोबास गरिरहनुभएका शिशिर श्रेष्ठ र क्यारिना श्रेष्ठले आफ्नी छोरी सृना श्रेष्ठको तिथिको जन्मदिनको उपलक्ष्यमा रु. २१,००० नगद सहयोग गर्नुभयो ।
त्यसैगरी सोही क्लवकी संस्थापक प्रेसिडेण्ट लायन बबिता रोक्काले आफ्नी आमाको सम्झनामा रु.५,००० र त्यसै क्लवका लायन लिडर ड्रिष्ट्रक्ट चिफ एड्मिनिष्ट्रेटर (District Chief Administrator) लायन जनार्दन फुयलले आफ्नो जन्मदिनको उपलक्ष्यमा रु.५,००० सहयोग गर्नुभयो रिजन चेयर पर्सनबाट रु १,००० सहयोग प्रदान गर्नुभयो । ,त्यसैगरी लायन्स क्लव अफ काठमाडौं परिकल्पनाको तर्फबाट त्यहाँका असहाय बालबालिकालाई टीसर्ट ईनर प्रदान गर्दै खाजा खुवाइएको थियो भने लियो भाइबहिनीहरुबाट असहाय बालबालिकालाई खेलौना वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रतिनिधि सभाकी उपसभामुख तथा बन्दी सहायता केन्द्र नेपालकी संरक्षक इन्दिरा रााना मगरले सो सहयोगकालागि सबैलाई धन्यवाद ज्ञापन गर्दै बन्दी सहायता केन्द्र नेपालको गतिविधि , त्यहाँ रहेका बालकालिकाको अवस्था र उनीहरुको प्रगतिको बारेमा प्रकाश पार्नुभयो । उहाँले ‘म बन्दी सहायता केन्द्र नेपालको फाउण्डर भएपनि मैले यहाँ भोलेण्टियर भएर काम गरें र उपसभामुखको हैैसियतमा आफूले पाएको रकम यिनै बालबालिकाको सहयोगको लागि बन्दि सहायता केन्द्र नेपाललाई प्रदान गर्ने गरेको छु’, भन्नुभयो ।
लायन्स क्लव अफ काठमाडौं परिकल्पनाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि त्यसै क्लवका डिष्ट्रिक्ट गभर्नर ३२५ I का गभर्नर लायन पार्वती खरेल पाण्डेले सबैलाई शुभकामना दिनुभयो ।
त्यस अवसरमा केक काटेर शुभकामना प्रदान गरि सृना श्रेष्ठ, डिस्ट्रिक्ट चिफ एड्मिनिष्ट्रेटर लायन जनार्दन फुयल र बन्दी सहायता केन्द्रमा रहृेका असहाय बच्चाको सामूहिक रुपमा जन्मोत्स्व मनाइयो ।
अन्तमा कार्यक्रमका अध्यक्ष श्रेष्ठले सबै उपस्थित लायन लियोहरु लगायतलाई धन्यवाद सहित असाहाय वालवालिकाहरुसँग फेलोसिप गर्दै कार्यक्रमको समापन गर्नभयो ।








