लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीद्वारा नेकपा (माके) परित्याग

पार्टीमा आफूलाई वेवास्ता गरेको भनेर असन्तुष्ट बनेकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीले अन्तत: नेकपा (माके) परित्याग गरेको घोषणा गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य हुदा निकै चर्चामा रहेकी वलीले नेकपा (माके)ले आफूलाई न्याय गर्नुको साटो युज एण्ड थ्रो मात्रै गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले नेकपा (माके)को दाङ जिल्ला कमिटीमा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी प्राप्त भएको छ ।

नेकपा (एमाले)का लुम्बिनी प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा दाङमा निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा भएको उप-निर्वाचनमा दिवंगत उत्तरकुमार वलीकी पत्नी विमला खत्री वली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट विजयी हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भई पुन: नेकपा (एमाले) र नेकपा (माके) बन्दा उहाँ नेकपा (माके)मा रहनुभयो । नेकपा (एमाले)का नेता शंकर पोखरेल नेतृत्व लुम्बिनी प्रदेश सरकार ढलेर नेकपा (माके)का नेता कुलप्रसाद के.सी.को नेतृत्वमा बनेको लुम्बिनी प्रदेश सरकारमा उहाँ राज्यमन्त्री बन्नुभएको थियो तर लेनदेनको विषयमा एक महिला र उनका बालबच्चा माथि दुर्व्यवहार गरेको भनेर विवादमा परेपछि उहाँ राज्यमन्त्रीबाट पद मुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *