लोकेश्वर साकोसको अध्ययन अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरकोे आयोजनामा संस्थाका उक्त सदस्यहरुलाई काभ्रेपलाञ्चोक जिल्लास्थित जय श्री भीमसेन (मुलखर्क भीमसेन) अध्ययन अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । सोही संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति रहेको सो भ्रमणको औपचारिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै साविक भक्तपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रविन्द्र खर्बुजाले भ्रमण स्थलको धार्मिक महत्व र उक्त स्थानको किंवदन्ती तथा विकासक्रमका बारेमा चर्चा गर्नु भएको थियो । उहाँले भ्रमणबाट मात्रै सदस्यहरुले नयाँ ठाउँ र सो क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सक्ने हुँदा यस्तो भ्रमण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले वनभोज कार्यक्रम आयोजना गरिएको यो स्थान ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्व बोकेको स्थान रहेतापनि धेरैलाई यो स्थानको जानकारी नभएकोले यस्ता स्थानको खोजी गरि विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संस्थाबाट आयोजित अवलोकन भ्रमणबाट सदस्यहरुले देशको लुकेर रहेकोे स्थानको बारेमा थाहा पाउने अवसर प्राप्त भएको बताउनुभयो । यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ की वडा महिला जनप्रतिनिधि मञ्जुमैंया लाखाजुले भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा सम्बन्धी घरदैलो नर्सिङ सेवा सहित विविध गतिविधिको बारेमा जानकारी दिनुभयो । यो भ्रमणमा यस संस्थाका सबै उमेर समूहका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको भनी खुशी व्यक्त गर्दै आयोजक संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्थाले वित्तीय कारोबार मात्रलाई नभई सदस्यहरुको आर्थिक एवं सांस्कृतिक स्तर उकास्ने कार्यक्रमहरुका साथै सदस्यहरुको चाहना अनुसार मनोरञ्जनात्मक, धार्मिक आस्था बोक्ने र शैक्षिक जानकारीमूलक अध्ययन अवलोकन भ्रमणको आयोजन गरेकोे बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसै संस्थाका सञ्चालक समिति सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरुलाई मनोरञ्जनात्मक खेलकुद कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा सो संस्थाका युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका सदस्य इन्द्रभक्त पंचले पनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको झलक

Leave a Reply