लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.,ईताछें, भक्तपुरको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा अन्तर सदस्यीय कसिमला पाय्, बाल सदस्यहरुको dividual Multiple Game तथा महिला सदस्यहरुको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ ।
२०८२ पुस १२ गते शनिबार सम्पन्न उक्त प्रतियोगिताको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सो संस्थाका अध्यक्ष

राजन जतिले युवाहरु खेलकुदका साथसाथै शिक्षामा आवद्ध गराउन सके सभ्य समाजको निर्माण हुने विचार व्यक्त गर्नुभयो । स्वस्थ रहन हामी कुनै न कुनै खेलमा आवद्ध हुनु पर्ने बताउदैं दैनिक जीवनमा खेलको महत्वका बारेमा चर्चा गर्नुभयो । उहाँले सहकारी संस्थाहरुले सदस्यहरुलाई वित्तीय कारोबारसँगै अध्ययन भ्रमण, स्वास्थ्य शिविर, सामाजिक तथा अतिरिक्त क्रियाकलापहरुमा सक्रियता बढाउन आवश्यक रहेको बताउदै यस संस्थाले स्थापनकालदेखि नै सदस्य केन्द्रित विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तर यस्ता गतिविधिहहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य इन्द्भक्त पंचले पनि प्रतियोगिताको महत्वको बारेमा प्रकाश पार्नुभयो ।
सोही प्रतियोगितामा बाल सदस्यहरु बीच भएको dividual Multiple Game अन्तर्गत कक्षा १ देखि ६ कक्षासम्मको समूहमा रुपिका गोरा, काब्या पंच र रेज जतीले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् भने कक्षा ७ देखि ९ कक्षासम्मको समूहमा कृष्टल गारु, राजन कर्माचार्य र प्रिन्सा पक्काले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै संस्थाका महिला सदस्यहरु बीच भएको डोरी तान्ने प्रतियोगितामा रमा मातांको टिमले प्रथम स्थान र कल्पना द्योपालाको टिम द्वितीय हुन सफल भएका छन् । यस्तैगरी पुरुष सदस्यहरुबीच भएको कसिमता पाय् प्रतियोगितामा आशकाजी मानन्धर प्रथम, पुण्यराम स्वंगमिखा द्वितीय र राजन जति तथा आशराम लागे संयुक्त तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितमा विजेता हुन सफल खेलाडीहरुलाई २०८२ पुस १९ गते शनिबार हुने सो संस्थाको २१औं स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्ने आयोजक उप-समितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो । उक्त दिन संस्थाबाट खुल्ला रक्तदान कार्यक्रम, जेष्ठ सदस्यहरुको सम्मान तथा दश जोड दुई उत्तीर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रम गरि स्थापना दिवशको कार्यक्रम सम्पन्न गर्ने योजना रहेको सोही संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले बताउनुभयो ।
कार्यक्रमको झलक :









