वचन साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न, वचन छात्रबृत्ति कार्यक्रमको शुभारम्भ

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्क‍ोटाको प्रमुख आतिथ्यतामा काठमाडौंमा २०८० भाद्र ६ गते शनिबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गर्नु भएका प्रमुख अतिथि बास्कोटाले

सहकारी क्षेत्रमा सानातिना समस्या देखिएका छन् तर ती समस्या भन्दा ज्यादै ठूलो अनावश्यक हल्ला चलाएर सहकारी क्षेत्रको बद्नाम गरिएको छ भन्दै त्यस्ता अनावश्यक हल्लाको पछि लाग्न नहुने विचार व्यक्त गर्नुभयो । सहकारीले आफ्ना सदस्यहरुलाई मुनाफाबाट लाभांश वितरणसँगै कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरी सदस्यमैत्री कार्य गर्ने गरेर्को बताउदै उहाँले वचन साकोसको वित्तीय अवस्था र यसले आफ्ना सदस्यहरुलाई प्रवाह गरेको सेवा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले स्वस्थ शरीर भयो भने मात्र सहकारी पनि राम्र‍सँँग सञ्चालन गर्न सकिने भएकोले रोग लाग्न नदिन विशेष सजगता अपनाउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि बास्कोटाले “Bachan coop – fellowship” program for Master/M Phil/PHD program को शुभारम्भ गर्नुभयो ।

साधारण सभामा प्रमुख अतिथि बास्कोटाले उक्त संस्थाको वार्षिक प्रतिवेदन पुस्तिका लोकार्पण गर्नुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि बास्कोटालाई सो साधारण सभाका अध्यक्ष खनालले मायाको चिनो प्रदान गर्नुभयो ।

साधारण सभामा त्यसै संस्थाका सल्लाहकार एवं खुल्ला विश्वविद्यालयका डीन प्रा.डा.अरहण स्थापितले शुभकामना मन्तव्य व्यक्त गर्दै वचन साकोसको वित्तीय अवस्था र यसले सदस्यहरुलाई प्रवाह गरेको सेवा सन्त‍ोषजनक रहेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । वचन साकोसले “वचन फेल‍ोसीप प्रोग्राम” शुभारम्भ गरेर राम्रो कार्य शुरुवात गरेको बताउदै उहाँले कोअपरेटिभ र एकेडेमिक क्षेत्र बीच सहकार्य हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि.का गोगबु शाखाका प्रमुख विष्णु गिरीले वचन साक‍‍‍‍‍‍‍‍ोसको तरलताको अवस्था राम्रो रहेक‍ो भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

साधारण सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु काइली तामाङ, धनबहादुर लामिछाने र मोहनबहादुर बस्नेतलाई द‍ोसल्ला ओडाएर सम्मान गरियो भने त्यसै संस्थाका शेयर सदस्यहरु नवीन कार्की, मिनु पाठक बस्न्यात र वीरबहादुर वाइबालाई सदस्य संरक्षित पूँजी फिर्ता कोषको रकम प्रदान गरी सम्मानित गरियो । यसैगरी साधारण सभामा अलगपथ डट कमका सञ्चालक समेत रहेका पत्रकार अर्जुन कार्कीलाई सम्मान गरियो ।

उक्त अवसरमा त्यसै संंस्थाकी कर्मचारी रेखाकुमारी कार्कीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी सम्नानित गरियो ।

साधारण सभामा मञ्जु श्री इंलिस बोर्डिङ स्कु्ल, भैंसेपाटी, ललितपुर र श्री कुुल विद्यालय , भैंसेपाटी, ललितपुरलाई सम्मान-पत्र / कदर-पत्र प्रदान गरियो भने ती विद्यालयहरुका विद्यार्थीहरु लगायतलाई प्रशंसा-पत्र प्रदान गरियो ।

साधारण सभामा त्यसै संस्थाका उपाध्यक्ष लक्ष्मण शाक्यले क्रोध रहित संसार, शेयर सदस्य राजेन्द्रप्रसाद न्यौपानेले क्रोध व्यवस्थापन र ध्यान तथा शेयर सदस्य शशिदेवी भट्टले एकल महिलाहरुका समस्या लगायतका विषयमा आ-आफ्नो विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा स‍ोही संस्थाका शेयर सदस्य लेखबहादुर गुरुङले गायन तथा शेयर सदस्यहरु उत्तम अर्याल, अनुप अर्याल लगायतले हास्यव्यङ्ग्य कार्यक्रम र मञ्जु श्री इंलिस ब‍र्डिङ स्कुल, भैंसेपाटी ,ललितपुरका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरे ।

साधारण सभाबाट शशिदेवी भट्टको संंय‍ोजकत्वमा ३ सदस्यीय एकल महिला उप-समिति निर्माण गरियो ।

सो संंस्थाका सचिव अर्जुनप्रसाद रिमालले सञ्चालन र सञ्चालक तथा सो साधारण सभा व्यवस्थापन समिति संयोजक शान्ता गौतमले धन्यबाद ज्ञापन गर्नु भएको त्यस साधारण सभामा उक्त संस्थाका अध्यक्ष खनालले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो य‍ो संस्था शेयर सदस्य ज्यूहरुको स्नेह , साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दो निरन्तर प्रगतिपथमा अगाडि बढ्नुका साथै यसले समयमा आफ्नो वार्षिक साधारण सभा गर्न सकेको बताउनुभयो । संस्थाको आर्थिक वर्ष २०८०/०८१ को भावी योजना र कार्यक्रम समेत प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष २०७९/०८० को अन्तसम्ममा यस संस्थामा शेयर पूूँजी रु.४,१८,४६,०००, जम्मा बचत रु.१८,७१,८०,९००,कर्जा लगानी रु.१८,२४,५९,८३४, तरलता ४३,७१ प्रतिशत र आयकर कटाएर मुनाफा रु.७७,८२,३४६ रहेको जानकारी दिनुभयो ।

साधारण सभामा उक्त संस्थाका कोषाध्यक्ष पुरुषोत्तम गिरीले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संय‍ोजक विमल भेटवालले सस्थाको लेखा सुपरीवेक्षण समितिक‍ो प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरियो ।

साधारण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका प्रबन्ध निर्देशक तथा सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातले सो संस्थाको गतिविधि, वित्तीय अवस्था र आर्थिक वर्ष २०८०/०८१ को आम्दानी , खर्च लगायतको अनुमानित विवरण प्रस्तुत गर्नुभयो । उहाँले सहकारीको आवश्यकता र महत्वको बारेमा समेत प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *