वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली दिने क्रम जारी

डेंगु र पिसावमा स्वास्थ्य उपचारको क्रममा ललितपुरको ग्वार्खोस्थित किष्ट शिक्षण अस्पतालमा आज विहान ७ बजेर ९ मिनेट जाँदा १०३ वर्षको उमेरमा निधन भएका वाङ्मय शताव्दी पुरुष तथा संस्कृतिविद सत्यजोशीप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि दिने क्रम जारी छ । श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिएको छ । त्यही उपस्थित भएर प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर उहाँप्रति सम्मान व्यक्त गर्नुभयो । मन्त्री तथा जनप्रतिनिधिहरु ,उच्च पदस्थ व्यक्तिहरु, काठमाडौं उपत्यकाबासी लगायतले उहाँको पार्थिव शरीरमा फुल तथा अविर अर्पण गरी सम्मान व्यक्त गरिरहेका छन् । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि संस्कृतिविद जोशीको पार्थिव शरीर नजलाई पुन: चिकित्सा शिक्षा अध्ययनको लागि किष्ट शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ । त्यहाँ केमिकलक़ो प्रयोग गरी उहाँको पार्थिव शरीर नष्ट हुनबाट जोगाउने किष्ट अस्पताल श्रोतको भनाई छ । दिवंगत जोशीले निधनपछि आफ्नो पार्थिव शरीर अस्पताललाई दिने सहमती गर्नु भएको बताइएको छ ।

संस्कृतिविद जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल , जसपाका अध्यक्ष उपेन्द्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई लगायतले शोक व्यक्त गर्दै उहाँको निधनबाट भाषा , कला र संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति पुगेका बताउनुभएको छ ।

भाषा , कला र संस्कृतिको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु-याएका दिवंगत जोशीलाई विभिन्न पुरस्कार र मान पदवीबाट राज्यले सम्मान गरेको थियो भने काठमाडौ विश्वविद्यालयबाट उहाँलाई मानार्थ विद्यावारिधि प्रदान गरी सम्मान गरिएको थियो ।

डेंगु र पिसावमा संक्रमण भएपछि उहाँलाई स्वास्थ्य उपचारको लागि यही असोज ७ गते किष्ट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको स्वास्थ्यमा केही सुधार आएको बताइएको पनि थियो तर यही शुक्रबारबाट उहाँको स्वास्थ्यमा थप जटिलता उत्पन्न भई स्थीर भएको सो अस्पतालले जनाएको थियो ।

अलगपथ परिवार वाङ्मय शताव्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको दु:खद निधनप्रति शोक प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । ।

Leave a Reply