रक्तदान कार्यक्रम सहित लोकेश्वर साकोसको २१औं स्थापन दिवस सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको २१औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भयो । भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सो स्थापना दिवसको समापन कार्यक्रम २०८२ पुस १९ गते शनिबार भक्तपुरमा सम्पन्न भएको हो । संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरीको धुनकासाथ प्रमुख अतिथि जोशीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन

गर्नुभयो । त्यस अवसरमा प्रमुख अतिथि जोशीले संस्थाको लोकेश्वर दर्पण, अकं- ५ समेत विमोचन गर्नुभयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै उहाँले भक्तपुर नगर एशियाकै एक सुन्दर, सभ्य, सास्कृतिक र कलात्मक नगरका रुपमा परिचित हुदै आएको विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगर एक ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्तअमूर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गरेर पुस्तान्तरण गर्दै जानुपर्ने खाँचो औंल्याउनुभयो । ‘भक्तपुर नगरपालिकाले नगरबासीहरुको चौतर्फी विकासका लागि सीपमूलक तालिम, शैक्षिक ऋण, उद्यमशीलता ऋण, खेलकुद गतिविधि, साँस्कृतिक तथा पर्यटकीय गतिविधिहरु गर्दै आएको छ’, उहाँले भन्नुभयो । उहाँले नगरपालिकाको विभिन्न गतिविधिहरुलाई स्थानीय संघ संस्था तथा जनताहरुले आत्मसात गर्दै निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर नगरपालिकाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले समाजमा पहिलेदेखि चलिआएका परम्परागत गतिविधिहरुको बैज्ञानिक पक्षबाट पनि महत्व रहने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा रहेका पुराना कलात्मक मूर्तिहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै चोरीचकारी हुनबाट जोगाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय पत्रपत्रिकामा आएका विभिन्न लेख रचनाहरुका बारेमा चर्चा गर्दै उहाँले भक्तपुरमा भएका विभिन्न राष्ट्रिय महत्वका समाचारहरु नछापिएकोमा आपति व्यक्त गर्नुभयो ।
यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का

उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारीको विकासक्रम सम्बन्धमा चर्चा गर्दै समुदायमा आधारित रहेर सदस्यहरुको हितको लागि कार्य गर्ने सहकारी मात्रै वास्तविक सहकारी हुने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारीको मूल मर्मलाई आत्मसाथ गर्दै सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिर्दै वर्तमान सरकारले राष्ट्रिय सहकारी प्राधिकरण मार्फत सहकारीको मर्म विपरित विभिन्न निर्देशन तथा मापदण्ड जारी गरी सहकारी ध्वस्त पार्ने षड्यन्त्र भएको बताउनुभयो ।
यस्तैगरी भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापनाको पृष्ठभूमि तथा सहकारीको मध्यमबाट विश्व समाजमा भएका विकास निर्माण र परिवर्तनहरुको बारेमा प्रकाश पार्नुभयो । सहकारी संस्थाहरुको हालको बिग्रदो परिस्थितिको बारेमो चर्चा गर्दै उहाँले देशको बर्तमान राजनीतिक परिस्थिति नै यसको मुख्य कारण भएको बताउनुभयो । त्यस्तै उक्त संस्थाका पुर्व अध्यक्ष रामसुन्दर सुजखुले समाजमा सहकारी संस्थाको महत्वको बारेमा चर्चा गर्दै जनताहरुले समुदायमा आधारित सहकारी चिन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सोही संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्क्षयता गर्दै त्यसै संस्थाका

अध्यक्ष जतिले हाम्रो यस संस्थाले स्थापनाकालदेखि नै बचत र ऋण कारोबारका अलावा सदस्य तथा समुदायमा आधारित विभिन्न गतिविधिहरु गर्दै आएको बताउनुभयो । उहाँले यस संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गैह्र-समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैस गैह्र-समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको बताउदै उहाँले सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गर्नुभयो । कार्यक्रममा त्यसै संस्थाका उपाध्यक्ष प्रनेश बाटी र सचिव राजु छुकांले संस्थाको गतिविधि र वित्तीय अवस्थाको बारेमा चर्चा गर्नुभएको भएको उक्त कार्यक्रम संस्थाका जेष्ठ सदस्य, माध्यामिक तह (ं१२) उत्तीर्ण विद्यार्थी तथा संस्थाका अधिक शेयर खरीदकर्ता सदस्यहरुलाई सम्मान गरी प्रमाण-पत्र तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजित कसिमला पाय, डोरी तान्ने प्रतियोगिता, एकल सामूहिक खेल (dividual Multiple Game ) का विजयी खेलाडीहरुलाई प्रमाण-पत्र तथा मेडल वितरण गरिएको थियो भने काठमाडौंमा भएको खुल्ला बासुरी बाजा प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कलाकारहरु र ४५औं नेपालभाषा साहित्य तःमुंज्या कार्यक्रममा प्रस्तुत ख्याल “राष्ट्रिय बृद्धा आश्रम”का कलाकारहरुलाई सम्मान एवं कदर-पत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा कार्यक्रमका अध्यक्ष जतिले प्रमुख अतिथि जोशीलाई मायाको चिनो प्रदान गर्नुभयो ।

रक्तदान कार्यक्रम सम्पन्न

त्यस संस्थाको स्थापना दिवसकै अवसर पारेर सोही संस्थाको आयोजनामा २०८२ पुस १९ गते शनिबार इताछें गणेश मन्दिर परिसर भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रमाा ३६ जना रक्तदाताले रक्तदान गरेको र रक्तदाताहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको जानकारी त्यसै संस्थाको स्वास्थ्य उप-समिति संयोजक प्रज्वल खत्रीले बताउनुभयो । त्यस अवसरमा रक्तदाा कार्यक्रम सफल पार्न सहय‍ोग गर्ने सबैलाई अभ्यक्ष जतिले धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *