भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनकाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को सामाजिक उप-समितिको आयोजना तथा सीटी आईकेयर सेण्टर, शंखधरचोक, भक्तपुरको प्राविधिक सहयोगमा नि:शुल्क बृहत् आँखा शिविर सम्पन्न भयो ।

२०८२ असार १४ गते शनिबार आदर्श माध्यमिक विद्यालय लायकुमा सम्पन्न सो आँखा शिविरमा ३५५ जनाको आँखा जाँच गरिएको र आँखा जाँच गर्ने क्रममा १४ जना महिला र ६ जना पुरुषको आँखामा मोतीविन्दुको समस्या देेखिएकोले उनीहरुको आँखाको मोतीविन्दुको शल्यक्रिया (operation) ५० प्रतिशत छुट सुविधामा सीटी आईकेयर सेण्टर शंखधरचोकमा हुने शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक राजेन्द्रकुमार कायष्ठको भनाई छ ।
उक्त संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन भएको सो आँखा शिविरमा सोही संंस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, शेयर सदस्य र कर्मचारीहरु लगायतको सहभागिता थियो ।
शिविरको समापनको अवसरमा शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्यमकृष्ण श्रेष्ठले उक्त संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै यो आँखा शिविर सञ्चालनको लागि ठाउँ उपलब्ध गरेर सहयोग गरेकोमा आदर्श माध्यमिक विद्यालय लायकु, प्राविधिक सहयोग गरेकोमा सीटी आईकेयर सेण्टर शंखधरचोक सहित आँखा शिविर सफलतापूर्वक सम्पन्न गर्ने आ-आफनो ठाउँबाट योगदान गरने सबैलाई धन्यबाद ज्ञनपन गर्नुभयो । त्यसैगरी सोही संस्थाका उपाध्यक्ष तथा सामाजिक उप-समितिका संयोजक केशवमान श्रेष्ठले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी बचत तथा ऋण कारोबारसँगै समय समयमा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताउनुभयो । यस्तैगरी त्यसै संस्थाका सचिव राजु श्रेष्ठले यो आँखा शिविरमा आँखा जाँच गर्ने क्रममा आँखामा समस्या देखिएका विरामीलाई स्वास्थ्यकर्मीको परामर्शसँगै आवश्यक औषधि र चस्मा प्रदान गरिएको बताउनुभयो ।
आँखा शिविरको झलक :







यो संस्थाले २०८२ असार २१ गते शनिबार हर्बल साबुन बनाउने तालिम आयजना गर्ने जनाइएको छ ।






