शवदाह गृहको बिग्रिएको मेशिन नबन्दा समस्या

काठमाडौं/काठमाडौंको पशुपति क्षेत्रस्थित पिङ्गलास्थान बागमती किनाराको विद्युतीय शवदाह गृहको बिग्रिएको मेसिन बिगत लामो समयदेखि नबन्दा समस्या हुदै आएको छ । सो शवदाह गृहमा एउटा मात्रै मेसिन सञ्चालन हुँदा विद्युतीय शवदाह गृहमा शव अन्तेष्टि गर्न चाहनेले पालो कुर्नु पर्ने अवस्थाले गर्दा मानिसहरु दिक्क हुने गरेका छन् । शव त्यस शवदाह गृहमा पु-याएपछि मात्रै त्यहाँ शव अन्त्येष्टिको लागि दर्ता गर्ने गरिन्छ भने सो नाम दर्ता गर्न मृतकको नामको अस्पतालको डिस्चार्ज पेपर भए मृतकका नजिकका ३ जनाको र मृतकको अस्पतालको डिस्चार्ज पेपर नभए मृतकका नजिकका ४ जनाको परिचय खुल्ने कागज सहित उनीहरुको नाम, दस्तखत तथा मृतकको नाम र ठेगना अनिवार्य हुनु पर्ने नियम रहेको बताइएको छ । रु.४ हजार शुल्कमा ४५ मिनेटदेखि १ घण्टासम्म जली सक्ने , आफ्नो संस्कार अनुसार दागबत्ती दिन पाइने र शव जलीसकेपछि अस्तु बिसर्जन गर्न पाइने भएकोले त्यहाँ शव अन्त्येष्टि गर्न चाहनेको संख्या बढेको देखिएको छ । शव अन्तेष्टिका लागि आवश्यक खट लगायतका सामाग्री सुपथ मुल्यमा खरीद गर्न सकिने सुविधा छ ।

पशुपति आर्यघाटमा दाउराबाट शव अन्तेष्टि गर्दा ४ देखि ५ घण्टा लाग्ने गर्दछ ।

Leave a Reply