शाक्य पुच: साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका -६, कनिबहाल ओकुबहालमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको शाक्य पुच: बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ वार्षिक साधारण सभा २०८० मंसिर २३ गते शनिबार सम्पन्न भयो । ललितपुरको टौखेल किटिनीस्थित शाक्य पुुच: तालिम केन्द्रमा सम्पन्न सो साधारण सभाको त्यसै संस्थाका जेष्ठ शेयर सदस्य मानकाजी शाक्यले उद्घाटन गर्नुभयो ।

साधारण सभाको अध्यक्षता गर्नुभएका उक्त संस्थाका अध्यक्ष ज्ञानेन्द्र शाक्यले

सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/०८० को उक्त संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा आधारित भइ सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गरी सञ्चालन भइरहेको हाम्रो यस संस्था शेयर सदस्य महानुभावहरुको निरन्तर साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताले विश्वव्यापी आर्थिक मन्दी, मुल्यवृद्धि तथा मुलुकमा हस्तकला व्यापार एवं अन्य व्यापारमा आएको सुस्तता जस्ता कारणले सिर्जित विषम परिस्थितिमा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको छ भन्दै यसका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको व्यवसायलाई लक्षित गरी अगाडि बढ्दै जान प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको मेरुदण्ड भनेकै शेयर पूँजी भएकोले शेयर सदस्यहरुलाई आफ्न‍ो शेयर पूँजी वृद्धि गर्न र नियमित बचत गर्ने जस्ता आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभयो ।

उक्त संंस्थाका उपाध्यक्ष रुपेन्द्रराज शाक्यले धन्यबाद ज्ञापन र सचिव यशकुमार शाक्यले सञ्चालन गर्नु भएको त्यस साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र शाक्यले संस्थाको आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन र लेेखा सुपरीवेक्षण समिति संयोजक राजभाइ शाक्यले संंस्थाको आर्थिक वर्ष २०७९/०८०को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदन पारित गरिएको थिय‍ो । साधारण सभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ मा सो संस्थाले स्वास्थ्य जाँच तथा शिविर सञ्चालन गर्ने, संस्थाका सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्यहरुका लागि विधागत अध्ययन अवलोकन भ्रमण, अभिमुखी कार्यक्रम आयोजना गर्ने , संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई धार्मिक स्थलको भ्रमण गराउने लगायत विषय उल्लेख छ ।

साधारण सभामा शेयर सदस्यहरुको तर्फबाट संस्थाको थप उन्नति र प्रगतिको लागि सुझाव प्रस्तुत गर्दै त्यसै संस्थाका शेयर सदस्य जगतमुनि शाक्यले यस्तो विषम परिस्थितिमा पनि हाम्रो यस संस्थाले शेयर सदस्यहरुलाई ३ प्रतिशत लाभांंश वितरण गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *