शुभकामना आदान प्रदान कार्यक्रम गरि उपासना महिला साकोसले मनायो ६७औँ राष्ट्रिय सहकारी दिवस

६७औँ रााष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय तथा रामकोट र रानीवनमा बचत संकलन केन्द्र सञ्चालन गरिरहेको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.को आय‍ोजनामा सीतापाइलामा २०८० चैत्र १८ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी महिला उपाध्यक्ष विष्णु चौलागाईँले सो कार्यक्रमको उद्घाटन गर्दै

सबैमा ६७औँ राष्ट्रिय सहकारी दिवसको शुभकामना व्यक्त गर्नुभयो । उहाँले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको य‍ो संंस्थाले वित्तीय कारोबारसँगै सदस्यहरुको व्यक्तित्व विकास गर्ने जस्ता रचनात्मक क्रियाकलापहरु आयोजना गरेको देेख्ता खुशी लागेको बताउनुभयो । कार्यक्रममा सहजकर्ताको रुपमा मन्तव्य व्यक्त गर्दै एभिन्युज टेलिभिजनका समाचारवाचक नयन सापकोटाले

माइक र एमसी सम्बन्धी विषयमा प्रकाश पार्दै मानिसहरु पनि बोल्न सक्ने र ब‍‍ोल्न नसक्ने भए जस्तै सहकारी संस्थाहरु पनि राम्रा र नराम्रा दुबै खाले हुने भएकाले उपासना महिला साक‍ोस जस्ता राम्रोसँग चलेका सहकारी संस्थाको सदस्य बनेर त्यहाँ वित्तीय कारोकार गर्नु राम्रो हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उपासना महिला बचत तथा ऋण सहकारी संंस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले उक्त संस्थाको अवस्था र गतिविधिबारे चर्चा गर्दै आर्थिक , सामाजिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको सहकारी क्षेत्रलाई राम्रो बनाउन सबै मिलेर अगाडि बढ्नु पर्ने खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा सोही संस्थाकी उपाध्यक्ष सरिता थापा खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने त्यसै संस्थाकी सचिव राखि खनालले अतिथिहरुलाई खादा ओडाएर स्वागत गर्नुभएको थियो । सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको त्यस कार्यक्रममा सहभागीहरुले छोटो समयमै सम्पन्न भएको यो कार्यक्रम उद्देश्य अनुरुप उपलब्धीमूलक भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

Leave a Reply