शुभकामना साकोसमा आजबाट एक हप्ते पाकशिक्षा तालिम

भक्तपुरको सूर्यविनायकमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आजबाट पाकशिक्षा तालिम सञ्चालन गर्दैछ । उक्त संंस्थाको केन्द्रीय कार्यालयमा १ हप्तासम्म यो तालिम सञ्चालन हुने बताइएको छ ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा फिजियोथेरापी शिविर सम्पन्न

शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिको आयोजना र सिद्धि स्मृति अस्पताल भक्तपुरको प्राविधिक सहयोगमा २०८२ पौष १५ गते मंगलबार भक्तपुरको नासमनामा आफ्नै भवनमा रहेको स‍ो संस्थाको सेवाकेन्द्रमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा फिजियोथेरापी शिविर सम्पन्न भयो । शिविरमा ४५ जना महिला सदस्यहरुले जाँच गराएको त्यसै संस्थाकी प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले बताउनुभयो । त्यस अवसरमा उक्त शिविर सफलपूर्वक सम्पन्न गर्न सहयोग गर्ने सिद्धि स्मृति अस्पतालको प्राविधिक समूह, महिला उप-समिति र कर्मचारीहरुलाई धन्यबाद ज्ञापन गरिएको थियो ।

बचत तथा ऋण कारोबारसँगै समय समयमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको सो संस्थाले यस अघि यही पुस १० गते शिक्षा शिविर आयोजना गरेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *