शुभकामना साकोसले दियो १५ प्रतिशत लाभांश

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय तथा नासमना र व्यासीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सो संस्थाको गत भदौ २५ गते सम्पन्न २२औं वार्षिक साधारण सभाले गरेको उक्त निर्णय अनुसार सो लाभांश वितरण गरेको जनाइएको छ । यसैगरी उक्त संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले बडादशैं- २०७९ को पावन अवसरमा त्यस संस्थाका शेयर सदस्यहरु, कर्मचारीहरु र सुभेच्छुक सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, स्वास्थ्य र उत्तरोतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको छ ।

उक्त संस्थाको गत भदौ २५ गते शनिबार सोही संस्थाको अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता , सल्लाहकार एवं जेष्ठ शेयर सदस्य एवं संस्थापक बेलभक्त कोजुको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि का अध्यक्ष कृष्णबहादुर उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि कोजुले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाको स्थापना पछिको अवस्थाको स्मरण गर्दै यो संस्थाले गरेको प्रगति देख्ता खुसी लागेको बताउदै यसको थप प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा विशेष अतिथि राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गर्दै समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस शुभकामना साकोसको प्रतिवेदनमा उल्लेख भएका सबै सूचकाङ्क राम्रो रहेकोले शेयर सदस्यहरुले ढुक्क भएर यो संस्थामा वित्तीय कारोवार गर्नुहोस् भन्दै आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप नीति , विधि र प्रविधि अनुरुप सञ्चालन भएका सहकारी संस्थाहरुमा कुनै समस्या नरहेको बताउनुभएको थियो । सहकारी क्षेत्रमा नीति, विधि र प्रविधिलाई बेवास्ता गरी व्यक्तिगत मनोमानी तरिकाले सञ्चालन भएका सहकारी संस्थामा मात्रै समस्या आएकोले त्यस्तो गलत प्रबृतिबाट चनाखो हुनु पर्नेमा दिनुभएको थियो ।

त्यसै संस्थाका संस्थापक अध्यक्ष दिवंगत कृष्णप्रसाद सुवालको फोटोमा माल्यार्पण गर्नुका साथै दिवंगत शेयर सदस्यहरु लगायतको सम्मानमा १ मिनेट मौनधारण गरी शुरु भ एको त्यस साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का सञ्चालक जनक खत्री , जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष केदार खड्का र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पार्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो । उक्त सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष कासुलाले त्यस संस्थाको गतिविधि र वित्तीय अवस्थाको बारेमा प्रकाश पार्नु हुदै सञ्चालक समितिको गतिशीलता , शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमले गर्दा निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको हाम्रो यो संस्थाले एसियाली ऋण महासंघबाट सन् १०१६ र २०१७ मा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको स्मरण गर्नुभयो ।

त्यसै संस्थाका उपाध्यक्ष तथा साधारण सभा तयारी समितिका संयोजक निर्मला सुवालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संसृथाका सचिव पुष्पलाल तिमिलाले त्यसै संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रम तथा चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष बलराम जु श्रेष्ठले आर्थिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । शेयर सदस्यहरुले तिनीहरु माथि छलफल गरी साधारण सभाबाट पारित गरेका थिए ।

सहकारी प्रशिक्षक तथा त्यसै संस्थाका व्यवस्थापक राधेश्याम दुवालले संयोजन गर्नुभएको सो सभामा त्यसै संस्थाका जेष्ठ शेयर सदस्यहरु , उत्कृष्ठ बचतकर्ता सदस्यहरु, असल ऋणी सदस्य, कक्षा ८, एस.ई.ई. र कक्षा १२ मा उत्कृष्ठ जीपीए हासिल गरी उत्तीर्ण बाल बचतकर्ताहरुलाई पुरस्कृत गरी सम्मान गरिएको थियो ।


Leave a Reply