भक्तपुर नगरपालिका-४,भुलाँचास्थित आफ्नै भवनबाट सञ्चालन भइरहेक श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उप-समितिको आयोजनामा सो संस्थाका कर्मचारी र पदाधिकारीले विभिन्न गतिविधि, घटना र कार्यक्रमहरुलाई लिपीबद्ध गर्न समाचार लेखन कला अभिबृद्धि गराउने उद्देश्यले चार दिने समाचार लेखन कला तालिम संस्थाको तालिम हलमा २०८२ असार १० देखि १३ गतेसम्म सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथ्यता , व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक प्रेम प्रजापतिको आतिथ्यता तथा त्यसै संस्थाकी सदस्य तथा बचत उप-समितिकी संयोजक शर्मिला मानन्धरको अध्यक्षतामा २०८२ असार १३ गते शुक्रबार सो स सो समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त समापन कार्यक्रममा प्रमुख अतिथि सुवालले अहिलेको परिस्थितिमा सहकारी संस्थाका कर्मचारीहरु सक्षम शिक्षित र दक्ष हुनको लागि हरेकको तालिम र कला हुनु जरुरी भएको विचार व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरुले यो तालिमबाट प्राप्त कला र क्षमता अभिबृद्धि र सिकेका सिकाइलाई व्यवहारमा प्रयोग गरेको खण्डमा संस्थाले आयोजना गरेको तालिमको सार्थकता हुने धारणा व्यक्त भयो ।
यसैगरी सो संस्थाका व्यवस्थापक हाकुदुवालले संस्थाका पदाधिकारी र व्यवस्थापनका कर्मचारीहरुले संस्थाको हरेक लक्ष्य र विविध गतिविधिहरु सम्पन्न गर्ने भएकोले यो क्षमता अभिबृद्धि तालिमले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षार्थीले सिकेका ज्ञान र सीप आफ्नो व्यवहारमा र संस्थाको प्रयोगमा ल्याउनु पर्ने विचार व्यक्त गर्नभयो । यस सहकारी संस्थाले सदस्यहरुको बृत्ति विकासका साथसाथै संस्थाका कर्मचारीहरुको पनि निरन्तर क्षमता अभिबृद्धि गर्न गराउनु पर्नेमा उहाँले विशेष जोड दिनु भएको थियो ।
त्यसैगरी तालिमका प्रशिक्षक प्राध्यापक एवं आर्थिक अभियान पत्रिकाका सम्पादक प्रेम प्रजापतिले सिक्ने सिकाउने कुरा कहिल्यै नटुङ्गिने विचार व्यक्त गर्नु भएको थियो । उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुले प्रारम्भको दिनदेखि समापनको दिनसम्म आइपुग्दा धेरै प्रगति भएको बताउदै यस संस्थाले पनि यस्तो तालिम भविष्यमा निरन्तर गर्नुहुने आशा समेत व्यक्त गर्नुभएको थियो ।
उक्त समापन कार्यक्रममा सदस्य तथा बचत उप-समितिका सदस्य एवं प्रशिक्षार्थी रितु बासुकलाले स्वागत मन्तव्य तथा प्रशिक्षाथीहरु संगिता पंच र रवि ध्वजुले अनुभव मन्तव्य व्यक्त गर्नु भएको थियो भने उक्त समापन कार्यक्रमकाे सञ्चालन प्रशिक्षार्थी रत्नकेशरी सुखुपायोले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा १८ जना सहभागीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमकी अध्यक्ष शर्मिला मानन्धरले प्रमुख अतिथि, अतिथि, सम्पुर्ण सहभागी र कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरि सभा विर्षजन भएको घोषणा गरि तालिम सम्पन्न गर्नुभयो ।






