आजबाट संखुवासभाको पुरानो सदरमुकाम चैनपुरकजार र पञ्चेदोबाटो एरियामा लाखेनाच शुरु भएको छ । विधिपूर्वक नागपञ्चमीको दिनबाट शुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीको दिनसम्म चैनपुर तथा आसपासमा लाखेनाच नचाउने चलन छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका राती अघिल्लो दिन जन्माइएको कृष्णले लाखे मार्ने खेल आयोजना गर्ने चलन छ, जसलाई हृर्न रातीको समयमा भएपनि वरपरबाट मानिसहरु जम्मा हुने गर्छन् । चैनपुरबजार सिरान र पञ्चेदोबाटो- नेवारटोलबाट लाखेनाचसँगै बासमा कपडा लगायतले सजाएर बनाएको गाई र गोरू जात्रा चैनपुरबजारको टुडिखेलमा पु-याएर सेलाउने चलन छ । एक वर्षभित्र मृत्यु भएका व्यक्तिको परिवारले निजको सम्झनामा गाई/गोरुजात्रा निकाल्ने चलन छ भने त्यसको भोलिपल्ट त्यहाँ हिलेजात्रा/ रोपाईजात्रा मनाउने चलन छ । त्यहाँ गाई/गोरूजात्रा र हिलेजात्रा/रोपाईजात्रा हेर्न चैनपुरदेखि टाढाटाढादेखि मानिसहरु आउने गरेको पाइन्छ ।
सो जात्रा हेर्न चैनपुरबजा, पुगेका विशेषगरी लिम्बू समुदायका महिला पुरुषहरु हात समाएर अरुबेला झै धान नाचेेको देख्न सकिन्छ ।
पूर्वी नेपालको ऐतिहासिक तथा सुन्दरुनगरी चैनपुरका अतिरिक्त नेवार समुदायको बसोकास भएका ठाउँहरुमा लाखेनाच निकाल्ने र जात्रा मनाउने गरेको वाइन्छ र





