संघीय संसदको हिउदे अधिवेशन अन्त

नेपाल सरकारले जारी गरेका ६ मध्ये ५ पटा अध्यादेश तथा ती अध्यादेशलाई प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयक दुबै सदनबाट पारित गरि संघीय संसदको हिउदे अधिवेशन आजबाट अन्त भएको छ । यही चैत्र १८ गते नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल आज रातको १२ बजेबाट लागू हुने गरि यो अधिवेशन अन्त गर्नु भएको हो । गएको माघ १८ गतेबाट शुरु भएको यो अधिबेशनका क्रममा गत फाल्गुण ४ र चैत्र ७ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद र प्रधानमन्त्री केपी शर्मा ओली बीच प्रश्नोत्तर भएको थियो । विधेयक अधिवेशन पनि भनिने यो हिउदृे अधिवेशनमा शिक्षा विधेयक , निजामती सम्बन्धी कर्मचारी विधेयक , प्रहरी सम्बन्धी विधेयक आदि भने टुङ्गोमा पुग्न सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *