सत्ता समीकरण बदलिएसँगै नयाँ ३ मन्त्रीले लिए राष्ट्रपतिबाट सपथ

सत्ता समीकरण बदलिएसँगै नेकपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को नेेतृ्त्वमा आज सानो आकारको मन्त्रीपरिषद गठन भएको छ । आज अपरान्ह नेकपा (एमाले)का पदम गिरी, नेकपा (माके)का हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको सपथ ग्रहण गरेका छन् । सो सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रीहरुको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन । । आज मन्त्री बनेका पदम गिरी स्वास्थ्य तथा जनसंख्या , हितबहादुर तामाङ युवा तथा खेलकुद र डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनिसक्नुभएको थियो । जनता समाजवादी पार्टी , नेपाल पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन सकरात्मक भएपनि सरकारमा पठाउने मन्त्रीको बारेमा भने टुङ्गो लागिनसकेको बताइएको छ ।

Leave a Reply