अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा , बाहिरै बसेर आफू विरुद्धको मुद्धा लड्न पाउने

बुधबार पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि बुधबार साझ नै उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरे लगत्तै उनी माथि लागेको आरोपको अनुसन्धान गर्न म्याद थपको लागि उनलाई काठमाडौं जिल्ला अदालत, बबरमहल लगेको थिय‍ो । काठमाडौं जिल्ला अदालतले भने अधिवक्ता पाण्डेले आफू विरुद्ध परेको मुद्धाको प्रमाण नष्ट गर्न सक्ने अवस्था नरहेकोले उनलाई थुनामा राखी रहन नपर्ने आदेश गरेको थियो । यससँगै अब अधिवक्ता पाण्डेले आफू विरुद्ध परेको मुद्धा थुना बाहिर बसेर लड्न पाउने छिन् ।

एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ, मगर तथा मुस्लिम साुदायका मामा फुपूका छ‍ोराछोरी बीच विवाह हुने गरेको बताएकी थिइन् । यही अभिव्यक्तिका कारण उनी विवादमा तानिएकी थिइन् । उनले तामाङ, मगर तथा मुस्लिम समुदायका दाजु बहिनी बीच विवाह हुन्छ भनेर अभिव्यक्ति दिएको भन्दै उनको विरोध भयो र यो विषय अदालतसम्म पुग्यो । यही कारण यही साउन १२ गते उनलाई प्रहरीले पक्राउपूर्जी जारी गरेको थियो ।

यता कानुन संकाय अन्तर्गत अपराधशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी अधिवक्ता पाण्डेले भने कसैको भावनामा चोट पु-याउने आफ्नो मनसाय नरहेको तर आफूले बोलेको विषयलाई टुविष्ट गरियो भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

Leave a Reply