असार १ गतेबाट आईतबार सार्वजनिक बिदा नहुने

काठमाडौं/ नेपाल सरकारले १ महिना पनि बित्न नपाउदै आइतबारको सार्वजनिक बिदा खारेज गरेको छ । चौतर्फी बिरोध भएपछि आज बसेको मन्त्री परिषदको बैठकले आउदो असार १ गतेदेखि आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको खबर सार्वजनिक भएको छ ।

आजै आईतबार सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको समाचार सार्वजनिक भएको छ ।

नेपाल सरकारले गत जेठ १ गतेदेखि पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै शनिबार र आईतबार गरी हप्ताको २ दिन सार्वजनिक बिदा दिन थालेको थियो तर शिक्षण संस्था , अधिकांश सहकारी संघ/संस्था , निजी व्यापार व्यवसाय लगायत आईतबार पनि सञ्चालन हुने क्रम क्रमश: बढ्दै गएको थियो ।

Leave a Reply