आईतबारको सार्वजनिक बिदाको बिरोध

काठमाडौं/ यही जेठ १ गतेदेखि नेपाल सरकारले परीक्षणको रुपमा शुरु गरेको शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको धैरै तिरबाट बिरोध भएको छ । आईतबार पनि त्रिभुवन विश्वविद्यालयले आफू र आफू अन्तर्गत सबै निकाय सञ्चालन गरेको छ ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका र भक्तपुर नगरपालिकाले पनि आफू र आफू अन्तर्गतका सबै संघ/संस्था लगायतका सार्वजनिक सेवा सञ्चालन गरेका छन् ।

यता धेरैजसो स्कूल र कलेजहरु सञ्चालन भएका खबर प्राप्त भएको छ । गत आईतबार पनि सञ्चालन भएका सहकारी संघ/संस्थाहरु र निजी व्यवसायिक तथा व्यापारिक संघ,संस्था प्रतिष्ठान पनि आज पुन: सञ्चालन हुने भएका छन् । राज्यद्वारा सञ्चालित सरकारी र अर्ध-सरकारी कार्यालय र सार्वजनिक उद्योग तथा व्यापारिक प्रतिष्ठानमा भने आज सार्वजनिक बिदा हुने बताइएको छ ।

Leave a Reply