आजबाट राष्ट्रिय जनगणना शुरु

काठमाडौं/ केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय योजना आयोगका अधिकारीहरुले आज दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण संकलन गरी १२औं संस्करणको राष्ट्रिय जनगणना-२०७८ आजबाट शुभारम्भ गरेको छन् । राष्ट्रिय जनगणना अन्तर्गत आजै उप-राष्ट्रपति नन्दबहादुर पुनको पनि व्यक्ति र पारिवारिक विवरण संकलन गरिएको जनाइएको छ । कोही पनि नछुटुन् र कोही पनि नदोहोरिन् भन्ने नाराका शुरु भएको राष्ट्रिय जनगणना आउदो मंसीर ९ गतेसम्म सञ्चालन हुने र राष्ट्रिय जनगणना अन्तर्गत विदेशमा रहेका नागरिकहरुको समेत विवरण संकलन गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ‌।

राष्ट्रिय जनगणना-२०७८ आरम्भ भएसँगै आज राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणनाका लागि आएका जनगणकलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न देशवासीहरुलाई अनुरोध गर्नु भएको छ । यसैगरी आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जनगणनाका लागि घर घरमा आएका जनगणकहरुलाई सही विवरण उपलब्ध गराई आ-आफ्नो ठाउँबाट सहयोग गर्न देशबासीहरुलाई अपील गर्नु भएको छ ।

Leave a Reply