आजबाट साताको २ दिन बिदा नहुने , साविक अनुसार नै कार्यालय समय

काठमाडौं/ आजबाट साताको २ दुई दिन सार्वजनिक बिदा नहुने भएको छ । अब कार्यालय समय पनि साविक अनुसार आइतबारदेखि बिहीबारसम्म विहान १०:०० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपरान्ह ४ बजेसम्म हुने छ ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धि कम गर्न परीक्षणको लागि जेठ महिनाभर साताको २ दिन सार्वजनिक बिदा दिने नीति नेपाल सरकारले लागू गरेको थियो तर त्यसको चौतर्फी विरोध भएपछि आजदेखि लागू हुने गरी नेपाल सरकारले त्यसलाई खारेज गर्ने निर्णय गरेको थियो ।

Leave a Reply