इलामका ३ पालिकामा प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्ष पुरुष

इलाम/ १० पालिका रहेको इलाम जिल्लाको ३ पालिकाको प्रमुख/अध्यक्ष र उप-प्रमुख/उपाध्यक्षमा यस पटक पुरुष उम्मेद्वार विजयी भएका छन् भने बाँकी ७ पालिकाको उपाध्यक्षमा महिला उम्मेद्वार विजयी भएका छन् । । सो जिल्लाको सूर्योदय नगरपालिकाको प्रमुख र उप-प्रमुख तथा सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरुष उम्मेद्वार विजयी भएका छन् । ३० वर्षपछि यस पटक इलाम नगरपालिकाको प्रमुख र उप-प्रमुख नेपाली कांग्रेसले जितेको छ भने माई नगरपालिका र देउमाई नगरपालिकाको प्रमुख र उप-प्रमुख तथा फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)ले जितेको छ । यसैगरी माईजोगमाई गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष तथा चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाको उपाध्यक्ष नेकपा (एमाले) जितेको छ । यस्तै सन्दकपुर गाउँपालिका , रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाको अध्यक्ष तथा सूर्योदय नगरपालिकाको उप-प्रमुख र माईजोगमाई गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । यस्तै सूर्योदय नगरपालिकाको मेयर र सन्दकपुर गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एस)का उम्मेद्वार विजयी भएका छन् भने माङसेबुङ गाउँपालिकाको उपाध्यक्षमा जसपाका उम्मेद्वार विजयी भएका छन् ।

यस अगाडि नेकपा (एमाले)बाट सूर्योदय नगरपालिकाको मेयरमा जितेका रनबहादुर राई यस पटक भने नेकपा (एस)बाट गठबन्धनको सहयोगमा आफ्नै पूर्व सहकर्मी नेकपा (एमाले)का १ नं. प्रदेशका नि:बर्तमान प्रदेश सभा सदस्य काजीमान कागतेलाई फराकिलो मतान्तरले पराजित गरी पुन: सो नगरपालिकाको मेयरमा विजयी हुनुभयो ‌‌।

(कान्तिपुर दैनिकको सहयोगमा)

Leave a Reply