काठमाडौंका मुख्य बजारका सडकमै पार्किङ

काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले पार्किङ व्यवस्थापन गर्ने भनिरहदा काठमाडौंकै बजार लगायतका मुख्य बजारका सडकमै सवारी पार्किङ भइरहेका छन् । यसले सडकमा मानिसहरुलाई हिडडुल गर्न समस्या हुनुका साथै सडकमा सवारी जाम हुने गरेको छ । यसरी मुख्य बजारकै सडकमा भइरहेको सवारी पार्किङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ट्राफिक प्रहरीलाई नै गिज्याएको अनुभूति आफूलाई हुने गरेको कतिपय स्थानीयबासीहरुको भनाई छ ।

सवारी पार्किङ व्यवस्थापन गर्न भनेर प्रहरीको सहयोगमा पार्किङका लागि भनेर बनाइएका भौतिक संरचना खाली गराएर तिनलाई पार्किङका लागि प्रयोग गर्न र आफूखुसी जथाभावी बनाइएका भौतिक संरचना हटाउने कार्य काठमाडौं महानगरपालिका सहित विभिन्न पालिकाले गरिरहेको देखिएको छ ।

Leave a Reply