काठमाडौंका सडकमा थुप्रिएको फोहोरले सरुवा रोग फैलिने त्रास बढ्यो

काठमाडौं/ काठमाडौंका सडकमा थुप्रिएको फोहोरले एकातिर वातावरण प्रदुषित भएको छ भने अर्कातिर काठमाडौंबासीमा फोहोरले सरुवा रोग फैलिने हो कि भन्ने त्रास बढ्न थालेको देखिएको छ । यो फोहोरको उचित व्यवस्थापन गर्ने बारेमा छलफल र बहस जारी रहेपनि त्यसले उचित निश्कर्ष भने निस्कन सकेको छैन । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पदभार सम्हाले लगत्तै यो फोहोरको उचित व्यवस्थापन गर्ने बारेमा छलफल शुरु गरेका छन् तर त्यसबाट उचित निश्कर्ष निस्किन सकेको छैन ।

यता सरोकारवालाहरु भने राज्यको सम्बन्धित पक्षले संघर्षरत सिस्डोलबासीका माग तत्काल पूरा गरी यो फोहोरको व्यवस्थापन गर्नु पर्ने खाँचो औंल्याएका छन् । उनीहरुले शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मिलेर काठमाडौं महानगरपालिकाको फोहोर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने , बर्षाको समयमा काठमाडौंका सडकमा पानी जमेर सडक जलमग्न हुने जस्ता समस्या समाधान गर्नु पर्ने र काठमाडौंलाई सफा र हराभरा बनाउने गरी अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply