काठमाडौं उपत्यकामा ट्राफिक जाम हटाउन र साइकल ल्यानको बढ्यो माग

काठमाडौं/ काठमाडौं उपत्यकाका सडकका चोक-चोकमा ट्राफिक जामको समस्या झेल्दै आएका मानिसहरुले काठमाडौं उपत्यकाको ट्राफिक जाम हटाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्नु पर्ने आवाज धेरै पहिलेदेखि उठाउदै आएको छन् ‌‌‌‌‌तर त्यसको सुनुवाई भने नभएको सरोकारवालाहरुको गुनासो छ । काठमाडौंको कोटेश्वरमा कपडा पसल सञ्चालन गर्दै आएका संखुवासभाको चैनपुर-७, फलाटेका काजीमान कार्की सडकमा हुने गरेको ट्राफिक जामले समयमा गन्तव्यमा पुग्न नसकिने गरेको बताउनुहुन्छ । ‘काठमाडौंका चोकहरुमा ट्राफिक जाम नहुने वातावरण बन्नु परो, जसले गर्दा ट्राफिक जाममा बिताउनु पर्ने समय उत्पादनमूलक काम खर्च गर्न पाइयोस्’ उहाँको भनाई छ ।

बुधबार काठमाडौं महानगरपालिका नगर सभाले संशोधन सहित पारित गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहद्वारा प्रस्तुत गरिएको सोही महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा काठमाडौं महानगर भित्रको ट्राफिक जाम हटाउने ठोस कार्यक्रम नभएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेको देखिएको छ ‌ । व्यस्त सडकका चोकहरुमा यातायातका साधन गुड्ने मिल्ने आकाशे पुल या अण्डर वे बनाउनु पर्ने उनीहरुको माग छ ।

त्यसैगरी सडक दुर्घटना न्युन गर्न सडकहरुमा गाडी , मोटरसाइकल र साइकलको अलग अलग ल्यानको व्यवस्था हुनु पर्ने यात्रीहरु बताउछन् । छुट्टै साइकल ल्याउन नहुदा साइकल यात्रीलाई सडकमा हिडृन जोखिम हुने गरेको र मोटरसाइकलको पनि छुट्टै ल्यान नहुदा सडकमा हुने धेरैजसो दुर्घटना मोटर साइकलकै कारण हुने गरेको जानकारको भनाई छ ।

जथाभावी भाडा असुल्दै सवारी साधन

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मुल्य बढेको भन्दै यातायातका साधनको भाडा यही असार ७ गतेदेखि लागू हुने गरी बढाउने निर्णय गरेपछि सवारी साधनहरुले भाडा बढाएका छन् तर उक्त भाडामा एकरुपता नदेखिएको र त्यसमा ट्राफिक प्रहरीले पनि अनुगमन नभएको यात्रीहरुले गुनासो गरेका छन् । यता सवारी धनीहरु भने तेलको मुल्य धेरै बढ्दा समस्या भएको बताउछन् ।

………..…………………………………………………………………………..

सवारी साधनमा टाइम कार्ड लगाउनु पर्ने बढ्यो माग

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रीहरुले सवारी साधनमा टाइम कार्डको व्यवस्था नहुदा समस्या हुने गरेको बताएका छन् । यात्रीलाई चढाउन जहाँ पायो त्यही सडकमा रोक्ने र यात्री चढाउन सडकका चोक चोकमा धेरो बेर सवारी साधन रोकिदा समयमा गन्तव्यमा पुग्न कठिनाई हुने गरेकोले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लगाउनु पर्ने उनीहरुले माग गरेका छन ।

सार्वजनिक सवारी साधनलाई स्कूल र कलेजका विद्यार्थी बोक्न दिन नहुने माग

दिउसोको समयमा सडकमा यात्रीबहाक सार्वजनिक सवारी साधन पर्याप्त गुडेपनि अफिस लाग्ने र छुट्टी हुने समयमा भने धेरै सार्वजनिक सवारी साधन स्कूल र कलेजका विद्यार्थी बोक्न जादा सार्वजनिक सवारी साधनको सडकमा अभाव हुने गरेकोले कष्टदायक यात्रा गर्नु पर्ने बाध्यता रहेको सरोकारवालहरुले गुनासो गरेका छन् । सार्वजनिक सवारी साधनलाई स्कूल कलेजका विद्यार्थी बोक्न र स्कूल कलेजका विद्यार्थी बोक्ने सवारी साधनलाई यात्री बोक्न प्रतिबन्ध लगाउन र यात्रुको चापलाई ध्यान दिएर सडकमा आवश्यक सवारी साधनको व्यवस्था हुनु पर्ने उनीहरुको भनाई छ ।

Leave a Reply