काठमाडौं महानगरपालिकाको नगर सभा असार ५ गते आह्वान

काठमाडौं/ काठमाडौं महानगरपालिकाको नगर सभा आउदो असार ५ गते आह्वान गरिएको जनाइएको छ । यो नगर सभा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि पहिलो पटक हुन लागेको छ ।

यता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उप-मेयर सुनिता डंगोल बीच समन्वय भएर कार्य अगाडि बढ्दा त्यसले महानगरबासीहरुमा अब विकासका कार्य अगाडि बढ्दा की भन्ने आशाको सञ्चार हुन थालेको देखिएको छ । राज्यका सम्बन्धित सरोकारवाला निकाय बीच काठमाडौं महानगरपालिकाले समन्वय गरेर काम गर्ने नीति मेयर साहले लिनु भएको छ । जस अनुसार उहाँले काठमाडौं महानगरपालिका , नेपाल विद्युत प्राधिकरण र सडक विभाग बीच हप्तामा दुई पटक बैठक बस्ने र सोही बैठकको निर्णय बमोजिम कार्य गर्दै जाने बताउनुभएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापन र सार्वजनिक शौचालय व्यवस्थित गर्ने कार्य र सम्पदा संरक्षणलाई प्राथमिकता दिएका मेयर साह सुनधारि लगायतका ढुङ्गेधारामा पिउन योग्य पानी आउने बनाउने कार्यमा लागेको देखिएको छ तर मेयर साह र उफ-मेयर डंगोलका अगाडि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको खर्च गर्न नसकेको कुल बजेटमध्ये करिव ८५ प्रतिशत विकास बजेट ठीक ढंग खर्च गर्नु पर्ने चुनौति देखिएको जानकारहरु बताउछन् । काठमाडौं महानगरपालिकाका नि:बर्तमान मेयर विद्यासुन्दर शाक्य र नि:बर्तमिन उप-मेयर हरिप्रभा खड्गीले कूल विकास बजेटको १६ प्रतिशत भन्दा कम विकास बजेट मात्रै खर्च गरेको सो महानगरपालिका श्रोतले जनाएको छ ‌

Leave a Reply