काठमाडौं महानगरपालिकाले भत्कायो अल्फा बिटाको अबैध संरचना

आफ्नो अनुमती विना निर्मार्ण गरेका अबैध संरचना हटाउन आफूले जारी गरेको ३५ दिने सूचनालाई अटेरी गरेको भन्दै काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा हाउसले निर्माण गरेको अबैध संरचना आज डोजर लगाएर भत्काएको छ । सो हाउस निरीक्षण गर्न पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई त्यसै हाउसका प्रतिनिधिले धम्क्याउन खोजेपछि मेयर साह कड्किनु भएको थियो भने ती प्रतिनिधिले मेयर साहलाई खुब डन बनेको भनेर गाली गरेका थिए तर मेयर साहले काठमाडौं महानगरपालिकामा पुगेर त्यस हाउसको नक्सा र डोजर लिएर त्यहाँ पुग्नुभयो र काठमाडौं महानगरपालिकाले इजाजत दिएको त्यस भवनको नकसा भन्दा बाहिरको अबैध संरचना भत्काउन आदेश दिनुभयो ।

सोही अनुसार डोजर लगाएर त्यो अबैध संरचना भत्काइएको छ । अल्फा बिटा हाउसको भूँई तलामा पार्किङ भएको तर त्यहाँ अबैध ढंगबाट पसल सञ्चालन गरेको काठमाडौं महानगरपालिकाको भनाई छ।

शंखमूलको समेत निरीक्षण गरेका मेयर साहले आजै नयाँ बानेशवरका पार्किङ स्थलका पसल हटाउन सम्बन्धित पक्षलाई अनुरोध गर्नु भएको थियो भने काठमाडौं महानगरपालिकाको इजाजत विना बनाइएका संरचना हटाउन नयाँ बानेश्वर , कोटेश्वरमा माइकिङ्ग गरी काठमाडौं महानगरपालिकाले सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । यस अघि काठमाडौं महानगरपालिकाले अबैध रुपमा निर्माण गरेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर साहले काठमाडौं महानगरपालिकाको इजाजत विना भौतिक संरचना निर्माण गरी कानुनी शासनको खिल्ली उडाइरहेको बेला त्यस्ता अबैध संरचना भत्काउन थालेको भन्दै मेयर साहको उक्त कार्यको प्रशंसा हुन थालेको छ ।

कीर्तिपुर नगरपालिका पनि अबैध भौतिक संरचना भत्काउदै

काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि आफ्नो इजाजत विना निर्मार्ण भएका भौतिक संरचना भत्काउन थालेको जनाएको छ । विशेष गरी उक्त नगरपालिकाको वडा नं. १० मा जथाभावी निर्माण भ एका पर्खाल लगायतकाज्ञसंरचना भत्काउन थालेको बताइएको छ ।

Leave a Reply